०४ जेठ २०८१

निर्वाचन समिती को अपिल

0

निर्वाचन समिती, अहिले बिभिन्न संचार माध्यममा यसको बिश्वसनियता प्रति उब्जिएको प्रश्नको बारेमा स्पष्ट गर्न चाहन्छ। २५ July को दिन Aarau मा बसेको कार्यसमितीको बैठकबाट पारित निर्वाचन समितीमा नेपाली समुदाय बाहुल्य रहेको क्षेत्र Basel वरिपरीबाट कुनै प्रतिनिधित्व नभएको भन्ने गुनासोलाई मत्थर पार्नको लागि सदस्य संख्या थप गर्नु परेको जानकारी गरॉऊछ। शायद प्रकृयामा त्रुटि भएको हुन सक्छ तर हाम्रो नियतमा कुनै पनि खोट नभएको सम्पूर्ण मतदाता सदस्यहरुमा आश्वस्त पार्न चाहन्छ। तपाईहरुले हामीलाई बिश्वास गरि दिनुभएको जिम्मेवारीलाई कुनै पनि पूर्वाग्रही सोंच नराखी तटस्थ भएर निभाउने प्रण गर्छ, यो हाम्रो धर्म पनि हो। निर्वाचन प्रकृया स्वच्छ अनि सौहार्दपूर्ण बातावरणमा सम्पन्न गराउनको लागि निर्वाचन समिती एक्लै स़क्षम नहुन पनि सक्छ। यसमा तपाईंहरु सबैको उत्तिकै सहयोगको खॉचो छ।
कार्य समितिबाट प्राप्त मतदाता नामावली र निर्वाचनको दिनको दूरी अत्यन्त कम भएकोले छोटो समयमा हाम्रो सिमित श्रोत र साधनबाट योग्य मतदाता पहिचान गर्न प्रायः  असम्भव नै छ। यस बिचमा मतदाता नामावलीमा परेका केहि नामहरु उपर दाबी बिरोध पनि आएकोले मतदान पूर्व कुनै पनि समयमा कुनै पनि ब्यक्ती उपर उसको मताधिकार  योग्यता छानबिन हुन सक्ने हुंदा सम्पूर्ण मतदाताले आफ्नो परिचय खुल्ने आधिकारीक कागजात साथमा ल्याई आफ्नो बास्तविक परिचय नलुकाई बिधान सम्मत मतदाताले मात्र मताधिकार प्रयोग गरि निर्वाचन प्रकृयालाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछ। यति मात्र नभई उम्मेदवारहरुले पनि जानीजानी बिधानले मतदान गर्न पाउने अधिकारबाट निषेध गरिएका ब्यक्तीहरुलाई ल्याई अनावश्यक बिबाद सृजना हुने कार्य नगरि निर्वाचन प्रकृया स्वच्छ अनि सौहार्दपूर्ण बातावरणमा सम्पन्न गराउन सहयोग गर्नु हुन हार्दिक अपिल गर्दछ।
नेपाल राजपत्र २०६४ मा गैरआवासीय नेपालीको सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेयक लाई आधार मानी गैर आवासिय  नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले बाध्यात्मक परिस्थितीमा संशोधन गरेको बिधान २०१३ ले हाम्रो समुदायको एउटा महत्वपूर्ण अंग बिद्यार्थी बर्गलाई पंजिकृत सदस्यको ब्याख्याबाट बाहिर राखी मतदान अधिकारलाई वन्चित गराईएकोमा हामी सम्पूर्ण समुदाय नै अत्यन्त दु:खी छौं। तर बिधानले निर्देशित गरेका कुराहरुलाई नै सर्बोपरी ठान्ने हाम्रो सु-संस्कारलाई निरन्तरता दिनको लागि बिद्यार्थी बर्गले पनि मत प्रयोग नगरिकन मतदान प्रकृयालाई सफल बनाई दिनु हुन निर्वाचन समिती हार्दिक एवं बिनम्र अनुरोध गर्दछ।
निर्वाचनको मैदानमा उत्रनु भएका सबै उम्मेदवारहरुले निर्वाचन परिणामलाई खुशी साथ आत्मसात् गरि बिजयी उम्मेदवारहरु आफूले गरेका प्रतिबद्दताहरुलाई व्यबहारमा उतार्न र पराजित उम्मेदवारहरुले पनि आऊंदो कार्यसमितीलाई आवश्यक सहयोग गर्नु हुनेछ भनि बिश्वास लिएको छ। अन्त्यमा सम्पूर्ण उम्मेदवारहरुमा बिजयको शुभकामना !

निर्वाचन समिती

Share.

Leave A Reply