०४ जेठ २०८१

एन.आर.एन.ए. स्विट्जरल्याण्डको आई. सि. सि. सदस्यमा डा. विनय श्रेष्ठको उम्मेद्वारी घोषणा

0

उम्मेदवारी सर्मपण, एन. आर. एन. अभियानमा

मेरो प्रतिवद्धता: सहमति, सहकार्य र समन्वयका माध्यमले एन. आर. एन. ए. स्विट्जरल्याण्डको सशक्तिकरण – विनय श्रेष्ठ, आई. सि. सि सदस्य (२०१५ – २०१७) का उम्मेदवार, स्विट्जरल्याण्ड


आदरणीय गैर-आवासिय नेपाली मित्रहरु, नेपाली दाजु-भाई दिदि-बहिनीहरु, नमस्कार !

binaya-webसर्वप्रथमत: बिगतका वर्षहरुमा मलाई संस्थागत एवं सामाजिक कार्यहरुमा प्रदान गर्नु भएको सहयोग, सल्लाह र विश्वासका लागि हृदयदेखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। तपाईहरुको सक्रियता, सुझबुझ पूर्ण संलग्नता र निर्णयका कारण बिगतका ८-१० वर्षमा स्विट्जरल्याण्डको नेपाली समाज र नेपाली संघ-संस्थाहरुले समाजभित्रका वैचारिक एवं कार्यगत मत भिन्नताका बाबजुद विभिन्न संस्थागत, सांस्कृतिक, भाषिक, खेलकुद र सामाजिक सरोकारका विषयहरुमा कार्य गर्दै आफूलाई सम्मानित र स्थापित गर्न सफल भएको मैले पाएको छु।

मित्रहरु, समय र समाज गतिशील छन। स्विट्जरल्याण्ड र अर्न्तराष्ट्रिय स्तरमा एन. आर. एन. अभियानले हासिल गरेका सफलताहरुमा सन्तुष्ट भएर बस्ने अवस्था नरहेको मैले ठहर गरेको छु। एकातर्क प्राप्त सफलताहरु लाई संस्थागत गर्नु पर्ने आवश्यकता देखिन्छ। अर्कातर्फ सहमति, सहकार्य र समन्वयका माध्ययमबाट गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डलाई स्थानिय र अन्तराष्ट्रिय स्तरमा आर्थिक रुपमा सबल र वैचारिक एवं कार्यगतरुपमा सुदृढ र व्यवस्थित संस्थाको रुपमा स्थापित गर्नु पर्ने आवश्यकता रहेको मेरो विश्लेषण हो। संस्था सबल र सुदृढ भएमा मात्रै प्रभावकारी रुपमा हाम्रा उदेश्य र लक्ष्यहरुको प्राप्तिका लागि अग्रसर हुन सकिने छ।

गैर-आवासिय नेपाली संघ-स्विट्जरल्याण्डका सदस्य मित्रहरु! राष्ट्रिय समन्वय परिषद-स्विट्जरल्याण्ड, एन. आर. एन. ए. अर्न्तराष्ट्रिय समन्वय परिषद र अन्य विभिन्न संघ-संस्थाबीच सहमति, समन्वय र सहकार्यका माध्यमले एन. आर. एन. ए.-स्विट्जरल्याण्डलाई अझ सबल, सुदृढ, ब्यवस्थित एवं प्रभावकारी बनाउँदै यसको राष्ट्रिय-अर्न्तराष्ट्रिय संजाललाई भरपर्दो एवं परिणाममुखी बनाउने उदेश्यका साथ म गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको आई. सि. सि. सदस्य पदमा आगामी कार्यकालका लागि मेरो उम्मेदवारी घोषणा गर्दछु। एन. आर. एन. अभियानको गरीमालाई कायम राख्दै नेपाल र नेपालीका सरोकारको विविध विषयहरुमा परिणाममुखी एवं प्रभावकारी काम गर्ने यो प्रतिबद्धतालाई सहयोग र समर्थन गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु।

मेरा प्रतिवद्धताहरु:

१. विभिन्न स्तरमा सहमति, सहकार्य, र समन्वयका माध्यमबाट गैर-आवासिय नेपाली संघ-स्विट्जरल्याण्डलाई राष्ट्रिय एवं अर्न्तराष्ट्रिय स्तरमा सबल, सुदृढ, सम्मानित एवं स्थापित गराउन निरन्तर कार्य गर्ने छु।

२. गैर-आवासिय नेपाली संघ-स्विट्जरल्याण्डका हरेक आधिकारीक कार्यक्रम एवं कार्ययोजनालाई सफल बनाउन दिलो ज्यानले लाग्ने छु।

३. गैर-आवासिय नेपाली संघ-स्विट्जरल्याण्ड र अर्न्तराष्ट्रिय समन्वय परिषद बीच एक प्रभावकारी एवं भरपर्दो पुलको रुपमा कार्य गर्ने छु। साथै अन्तराष्ट्रिय स्तरका कार्यक्रमहरुमा एन. आर. एन. ए. स्विट्जरल्याण्डका तर्फबाट निरन्तर सहभागि हुने छु।

४. अर्न्तराष्ट्रिय समन्वय परिषदको सदस्यको हैसियतमा कार्य गर्ने मौका प्राप्त भएमा एन. आर. एन. ए. लाई सबै वर्ग, क्षेत्र र पेशाका नेपालीहरुको समान सहभागिता रहने संस्थाका रुपमा विकास गर्ने दिशामा कार्य गर्ने छु।

५. स्विट्जरल्याण्डमा तपाईहरुको साथमा हासिल गरेको अनुभवलाई अर्न्तराष्ट्रिय समन्वय परिषदका छलफल र कामहरुमा पोख्ने छु। एन. आर. एन. ए. अभियानका केहि प्रारम्भिक लक्ष्यहरु आंशिक रुपमा पुरा हुन गई रहेको अवस्थामा संस्थाको उदेश्य र लक्ष्यहरुलाई नयाँ तवरले परिभाषित गर्न तपाईहरुको सल्लाह अनुसार अघि बढ्ने छु।

६. स्विट्जरल्याण्डको नेपाली समाज एक गतिशील, कर्मठ एवं प्रगतिशील समाज हो। हाम्रो समाजको प्रगति र विकासका लागि हामी बीचमा फरक मतहरुबीच अर्न्तकृया, छलफल र वार्ता हुनु आवश्यक देख्छु। हामी बीचका अर्न्तकृया, छलफल र वार्ताहरु लाई ब्यवस्थित गर्दै संस्थाको हितमा परिणाममुखी बनाउन म अग्रसर हुनेछु।

 

अन्त्यमा, मैले गैर-आवासिय नेपाली संघलाई सबै गैर-आवासिय नेपालीहरुलाई एकताको सूत्रमा वाँध्ने संस्था, उनीहरुको चासोको विषयमा लडने अभियान, अनि नेपाल र प्रवास बीचको भावनात्मक एवं प्रभावकारी पुलको रुपमा पाएको छु। त्यसैले म यो संस्था र अभियानप्रति समर्पित छु। म तपाईहरुको सल्लाह, सहयोग र विश्वासलाई उँचो राख्दै गैर-आवासिय नेपाली अभियानको पक्षमा निस्वार्थ एवं इमान्दारीताका साथ काम गर्ने प्रतिबद्धता जाहेर गर्दछु।

 

तपाईको सहयोग र समर्थनको अपेक्षा सहित,

विनय श्रेष्ठ

अगष्ट २०१५

Share.

Leave A Reply