०७ जेठ २०८१

एन.आर.एन.ए. स्विट्जरल्याण्डको यूवा संयोजकमा जिवन भट्टराईको उम्मेद्वारी

0

यूवा संयोजकमा मेरो उम्मेद्वारी, एन.आर.एन. अभियानमा लिनु पर्छ यूवाहरुले जिम्मेवारी

जिवन भट्टराई, यूवा संयोजक (२०१५ -२०१७) पदका उम्मेद्वार, गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड


स्विट्जरल्याण्डवासी गैर-आवासिय नेपाली दाजु-भाई दिदी-बहिनीहरु,

म जिवन भट्टराईको नमस्कार।

jiben1यहि अगष्ट १६, २०१५ का दिन गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय अधिवेशन आयोजना हुन गईरहेको छ। उक्त अधिवेशनले परिषदको आगामी कार्यकाल २०१५ – २०१७ का लागि एक कार्य समितिको छनोट गर्ने छ। म सन् २००९ मा स्विट्जरल्याण्ड आएको हुँ, हाल म मेरी श्रीमति र एक छोराका साथमा बासेलमा बसोबास गर्दछु। स्विट्जरल्याण्डमा मैले होटल व्यवस्थापनमा स्नातकको अध्ययन र २ बर्षको आधिकारीक कुकको तालिम पुरा गर्ने मौका प्राप्त गरे। हाल म बासेल होटेलमा सहायक सेफको हैसियतमा काम गर्दछु।

म एक यूवा भएकोले मैले यूवाहरुको चाहाना र आकांक्षालाई राम्ररी बुझेको छु। त्यसै गरि यूवाहरुका चासोका मुद्दाहरुसंग परिचित छु। बिदेश बसाईको क्रममा यूवाहरुले गर्नु पर्ने संघर्षको मलाई राम्रो अनुभव छ। स्थानीय भाषा, पेशागत तालिमका साथै बिभिन्न सांस्कृतिक एवं खेलकुदका कृयाकलापहरुको हाम्रो पेशागत र व्यिक्तित्व विकाशमा महत्वपूर्ण स्थान रहन्छ। त्यसैले यिनै यूवा चाहना र आवश्यकताका क्षेत्रमा काम गर्ने उदेश्यका साथ मैले गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको यूवा संयोजकको पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको यहाँहरु लाई बिनम्र जानकारी गराउन चाहन्छु। तपाईहरुको सरसल्लाह, मार्ग निर्देषन र सहयोग प्राप्त हुने मैले विश्वास लिएको छु।

 

मेरा प्रतिबध्दताहरुः

  • स्विट्जरल्याण्डको यूवाहरुको व्यक्तित्व विकाशलाई केन्द्रित गरेर बिभिन्न खेलकुद एवं सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न लागि पर्ने छु। स्विट्जरल्याण्डमा आयोजित हुने सांस्कृतिक कार्यक्रमहरुमा स्थानिय यूवा कलाकारहरु लाई प्राथमिकता दिने नीतिका साथ काम गर्ने छु।
  • स्विट्जरल्याण्डवासि नेपाली यूवाहरु लाई एन.आर.एन. अभियानमा व्यबहारीक रुपमा संग्लन एवं सहभागि गराउन लाग्ने छु।
  • स्विट्जरल्याण्डका नेपाली यूवाहरुको व्यक्तित्व एवं पेशागत विकाशका लागि स्थानिय भाषाको कक्षा एवं पेशागत तालिम कहाँकसरी सहज र सरल तरिकाले प्राप्त गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। यूवाहरु बीच यस सम्बन्धि सूचना प्रवाह गर्न म लाग्ने छु।
  • स्विट्जरल्याण्डको नेपाली समाजका बिभिन्न मत भिन्नता र बिवादहरु छलफलका माध्यमबाट समाधान खोज्न यूवा जमातलाई अग्रसर गराउन म लाग्ने छु। यूवाहरुको सहभागिताले स्विट्जरल्याण्डको नेपाली समाजमा एक नयाँ आयाम थपिनेमा म बिश्वस्थ छु।

 

तपाईहरु को सहयोगको विश्वास सहित,

 जिवन भट्टराई, यूवा संयोजक पदका उम्मेद्वार, गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

Share.

Leave A Reply