०७ जेठ २०८१

सिमा गौतम अर्यालको उपाध्यक्ष पदमा उम्मेद्वारी

0

गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको आवश्यकता , महिलाको अधिकतम सहभागिता |||  उपाध्यक्ष पदमा मेरो उम्मेदवारी मेरा आदरणीय  स्विजरल्याण्डव्वासी नेपाली दाजुभाई , दिदीबहिनीहरु  नमस्कार ।

विगत दुई कार्यकाल देखि निरन्तर गैर आवासीय नेपाली संघ स्विजरल्याण्डमा सक्रिय रहदै आएकी म  हजुर हरुको माझमा आगामी गैर आवासिय नेपाली संघ स्विजरल्याण्डको उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय सहित प्रस्तुत हुँदै छु।हुन् त तपाइँ हरुका माझ प्रत्यक्ष अप्रत्यक्ष रुपमा  मेरो उम्मेदवारीको बारेमा जानकारी गरी सकेकी छु | स्विजरल्याण्ड बसाईका क्रममा यहा नेपाल र नेपालीका लागि हुने हरेक गतिविधिमा सहभागी हुदै साथी भाईहरुलाई समेट्दै र सहयोग गर्दै अगाडी बढेकै छु। धेरै योगदान यो समाजको लागी दिन नसके पनी केही न केही योगदान गरेकी छु जस्तो लाग्दछ , कुनै पनी काम र जिम्मेवारीमा पछी हट्छु जस्तो लाग्दैन । आफ्नो काँधमा आएको जिम्मेवारी लाई पुर्ण रुपले सम्पन्न गर्ने क्षमता राख्दछु।  म गत २०११ – २०१३ मा सदस्य र २०१३-२०१५ कोषाध्यक्ष पदमा रही कार्य गरेको अनुभव र तपाईहरुको सहयोग , साथ र प्रेरणाले  मलाई अझै अगाडी  बढने आत्मविश्वास मिलेको छ |  गैर आवासीय नेपाली संघलाई स्विजरल्याण्ड वासी नेपालीको  साझा संस्थाको रुपमा स्थापित गराउदै  नेपाल र नेपालीका लागि सहयोग गर्ने मेरो प्रयास रहने छ | यो समाजलाई एकृकित  बनाउने संकल्प सहित समाजको सेवा गर्ने मौक़ा दिनु हुन सबै  दिदी बहिनी एवं दाजु भाई हरुमा हार्दिक अनुरोध गर्दै समाजको लागी धेरै गर्न नसके पनी जती गर्ने छु अबस्य राम्रो गर्ने छु । हरेक अवसर एवम चुनैती लाई अात्मसाथ  लिने प्रण गर्दछु । अन्तमा गैर आवासीय  नेपाली संघ स्विजरल्याण्डको सस्थागत विकास ,सह अस्तित्वका आधारमा स्विस स्थित संघ सस्था सँग  सहकार्य , विभिन्न उद्देश्यले स्विजरल्याण्डमा बस्नु हुने नेपालीका समस्याको समाधानका लागि सक्दो पहल ,स्विजरल्याण्डमा हुने हरेक नेपाली गतिविधिमा सबैको सामुहिक सहभागिताको वातावरण सृजना गर्ने एवम् सस्थालाई आर्थिक रुपमा दरो बनाउने र भुकम्प पिडित पुनःस्थापनाका लागि सबै सँग मिलि अधिकतम सहयोग जुटाउने जस्ता कार्यहरुमा मेरो प्रयास रहने प्रतिबद्दता जनाउदै यहाहरुको सुझाव , सल्लाह , साथको अपेक्षा सहित आगामी अगस्त १६ तारिख हुन गईरहेको गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको २०१५-२०१७ कार्यकालको निर्वाचन उपाध्यक्ष पदमा मलाई आफ्नो अमुल्य मत दिनु हुन सम्पूर्ण दाजुभाई दिदिबहिनी हरुमा हार्दिक अनुरोध गर्दछु | सहयोगका लागि धन्यवाद || सिमा गौतम अर्याल उपाध्यक्ष पदका उम्मेदवार (२०१५ – २०१७) गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्ड

Share.

Leave A Reply