०५ जेठ २०८१

एनआरएन जर्मनीको नेतृत्व सर्बसम्मत चयन हुने

0

फ्रयान्कफर्ट जर्मनी, गैर आवासीय नेपाली संघ, जर्मनीको आगामी नेतृत्व सहमतीको आधारमा चयन गर्ने प्रयास भएको छ।  गैर आवासीय नेपाली संघ, राष्टिय समन्वय परिषद, जर्मनीले  हिजो फ्रयान्कफर्टमा आयोजना गरेको “एनआरएनएको आगामी आसन्न निर्वाचन र नेतृत्व चयनको सबाल” विषयमा गरेको अन्र्तक्रिया कार्यक्रममा उपस्थित सहभागीहरुले एनआरएनए जर्मनीको आगामी नेतृत्व गैर राजनितीक हुनुपर्ने र सहमतीको आधारमा छनौट गरिनुपर्ने आवाज उठाएका हुन। एनआरएनए केन्द्रीय समितीका अध्यक्ष  शेष घले, महासचिव कुमार पन्त, एनआरएनएका निवर्तमान अध्यक्ष  जीवा लामीछाने, एनआएनएका प्रमुख संरक्षक राम प्रताप थापा, लगाएतका सहभागीहरुले एनआरएनए,जर्मनीको आगामी नेतृत्व विवादरहित हुनुपर्नेमा जोड दिएका हुन।

कार्यक्रममा उपस्थित प्राय सबै सहभागीहरुले गैर आवासीय नेपाली संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी फेरी पनि शेष घलेलेनै लिनुपर्ने सुझाव दिएका थिए। घले नेतृत्वमा राम्रा कामको सुरवात भएको भन्दै उक्त कामलाई निरन्तरता दिन फेरी पनि घलेले नेतृत्व सम्हाल्नुपर्ने धारणा सहभागीहरुले औल्याएका हुन । यस्तै, एनआरएनएका निवर्तमान अध्यक्ष जिवा लामिछानेले, विदेशमा गैर आवासीय नेपाली संघको संगठन विस्तारको काम राम्रो भएको हुनाले अवको नेतृत्वले विदेशमा रहेका दक्ष नेपाली जनशक्तीलाई नेपालको विकासमा प्रत्यक्ष परिचालन गर्नका लागी योजना तयार गर्नुपर्ने विचार व्यत्त गर्नुभएको थियो । गैर आवासीय नेपाली संघको अधिवेसन आगामी अक्टोबरमा काठमाण्डौमा हुदैछ ।

यस्तै कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले नेपालमा भुकम्प पिडितलाई सहयोग गर्ने दौरानमा जर्मनीबाट आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै, नेपालमा गएर प्रत्यक्ष संलग्न भई सहयोग गर्ने ब्यक्तीहरु तथा एनआरएनएका पदाधिकारीहरुलाई खादा ओढाएर अभिनन्नदन गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व एनआरएनए जर्मनीका अध्यक्ष हरेन्द्र वनेमले गर्नुभएको थियो, कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रेम पोमुले गर्नुभएको थियो भने स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष नव राज रोस्याराले राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा अतिथीको आसन बाट एनआरएनएका अध्यक्ष शेष घले, प्रमुख संरक्षक राम प्रताप थापा, निर्वतमान अध्यक्ष जीवा लामिछाने, महासचिव कुमार पन्त,  सल्लाहकार दिल गुरुङ, महिला कोर्डिनेटर सपीला राजभन्डारी वर्तमान आइसिसी सदस्य दावा शेर्पा र आइसीसी सदस्य युके कुल आचार्य,एनआरएनए जर्मनीका संरक्षक पुष्प थापा, निर्वतमान आइसिसी सदस्य सन्तोष भटराई, बिशिष्ठ संरक्षक बिजय मोक्तान लगायतले कार्यक्रममा आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रमका अन्य अतिथीहरुमा संरक्षक रण बहादुर बिक,निबर्तमान सल्लाहकार बिनोद अधिकारी, संरक्षक श्याम खनाल,  निबर्तमान कोषाद्यक्ष प्रेम सिंह गुरुङ, समाजसेवी मिलन पन्त हुनुहुन्थ्यो। अन्तर्कृया कार्यक्रममा  उपाद्यक्ष  रण बहादुर सावद  उपाद्यक्ष सुरेन्द्र प्रधान, कोषाद्यक्ष नारायण अधिकारी, बिपिन श्रेष्ठ,सदस्य टन्क लम्साल, एलसीसी सन्योजक ब्रेमेन  कृष्ण देवकोटा, एलसीसी सन्योजक हेसेन लोक मणी ढकाल,  एलसीसी एनआरवी सह सन्योजक बिकास ठकुरी,एलसीसी हेसेन सचिव राज  कुमार खड्का बर्लिन बाट जय कृष्ण ठाकुर लगायतकाले   टिप्पणी गर्दै आफ्ना भनाइहरु राखेका थिए।
 
अन्तरकृया कार्यक्रम पछी दोश्रो चरणमा एनआरएनए जर्मनीको नयाँ नेत्रित्व चयनको लागि बनेको उच्च स्तरिय सहमती अायोगले यस्का संयोजक राम प्रताप थापाको अद्यक्षतामा र सदस्य दावा शेर्पाको सन्चालनमा सहमतीको लागि छलफल कार्यक्रम सम्पन्न भएको थियो। छलफलको सुरुमा  निर्वाचनको आचार सन्हिता निर्वाचन प्रमुख सन्तोष भट्टराईले प्रस्तुत गर्नु भएको थियो  । सहमतीका लागि गरिएको यस कार्यक्रममा प्रमुख संरक्षक 
पुष्प थापा, आइसीसी महासचिव कुमार पन्त, आइसीसी अनुशासन समितीका सदस्य दिल गुरुङले आफ्नो मन्तब्य राख्दै सहमतीको बाताबरण तयार पार्नु भएको थियो ।

photo_06_nrna photo_nrna_04

Share.

Leave A Reply