०५ जेठ २०८१

एन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा तेञ्जिङ्ग शेर्पा द्वारा उमेद्वारी घोषणा

0

१० जुलाई, २०१५, स्विट्जरल्याण्ड। सबल र सुदृढ एनआरएनए स्विटजरल्याण्ड बनाउने नाराका साथ एन आर एन ए स्विटजरल्याण्डका वहालवाला सदस्य तेञ्जिङ्ग शेर्पाले एन आर एन ए स्विटजरल्याण्डको अध्यक्षमा उमेद्वारी दिनुभएको छ । पाँच जुलाई आइतवारका दिन स्विटजरल्याण्डको जुरिच स्थित वालिशोफ़ेनमा गरेको उक्त भेटघाट सहित ग्रिल कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ संस्था लगाएत समाजहरुका प्रतिनिधिको उपस्थित रहेको थियो l

बिगत दुइ दशक देखि स्विटजरल्याण्डको जुरिचमा बसोबास गर्दै आउनु भएको तेञ्जिङ्ग शेर्पा भन्नु हुन्छ स्विटजरल्याण्डमा रहेका नेपाली समाजलाइ एक जुट बनाउन गएका समयमा लडेको थिए र लडी रहेको छु र लडी रहने छु l त्यसमा म सम्झौता गर्दिन l

हामीले भाषण भन्दा काम देखाउनु ठुलो कुरा हो l एन आर एन ए भनेको कुनै राजनीति थलो नभएर गैर आवासीय नेपालीहरुलाई बाँध्ने एक शुद्ध थलो हो l त्यस थलोलाइ हेरचाह गर्ने पनि स्वच्छ व्यक्तिको आवस्यकता पर्दछ l त्यो आवस्यकता परिपूर्ति गर्न तत्पर रहेको जानकारी गराउंदै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको हुँ l समाज सेवा गर्न पवित्र मन हुनु पर्छ र समाज सेवा गर्न हृदय देखि नै भावना आउनु पर्छ l अनि मात्र सामाजिक सेवामा लाग्न सकिने बताउनु भयो l बिगत दुइ दशक देखि नै सामाजिक सेवामा आफु संलग्न हुदै सामाजिक सेवामा थुप्रै काम गरेको र हाल आफु एन आर एन ए स्विटजरल्याण्डको (२०१३ – २०१५) सदस्य पदमा काम गरिरहेको बताउनु भयो l

 

अध्यक्षको उमेद्वारको रुपमा रहेका तेञ्जिङ्ग शेर्पाको प्रतिबद्धताहरु :

१ – क्रियाशिल नेतृत्व – एन आर एन ए अभियानमा अग्र पंक्त्तिमा रहेरा क्रियासिलता देखाउंदै आएका पुस्ताको सम्मान गर्दै नयाँ पुस्ताको साथ लिएर एन आर एन ए स्विटजरल्याण्डलाइ अझ क्रियाशिल बनाउने लक्ष्य लिएको छु l 

२ एन आर एन ए स्विटजरल्याण्डलाइ सबै नेपालीको संस्था बनाउने l

३ नेपाल फेस्तिवल विकेन्द्रित गर्ने – नेपाली संस्कृति र खानालाइ पहिचान गराउन नेपाली समाजमा मात्रा नभई स्विस समाजमा पनि आयोजना गर्ने प्रतिबद्धता l

४ एन आर एन ए पर्यटक अभियान – भुकम्प बाट नेपालको पर्यटन क्षेत्रमा पनि असर गरेको छ l बैदेशिक मुद्राको स्रोतको रुपमा रहेको पर्यटन भुकम्पका कारण खस्किएको अवस्थामा स्विसहरुलाई नेपाल लैजान बिशेष अभियान संचालन गर्ने एन आर एन ए पर्यटक अभियान शुरु गर्न एन आए एन ए स्विटजरल्याण्डलाइ क्रियाशिल गराउने छु l

५ नेपाली भाषाको विकास – आउने हाम्रा नयाँ पिंडीहरुले नेपाली भाषा न बिर्सिउन भनि नेपाली भाषाको शिक्षा प्रदान गर्ने अभियान शुरु गर्ने l

६ आकस्मिक कोष स्थापना गर्ने l

७ बिजिनेस सपोर्ट सेन्टरको स्थापना गर्न पहल गर्ने l

८ स्विटजरल्याण्डमा रहेका स्थानीय संघ संस्था,समाज र मिडियाहरुसंग समन्वय गर्ने l

९ राजदुतावाससंगको सम्बन्ध – राजदुतावाससंगको सम्बन्ध अझ सुद्द्रिध बनाउंदै सम्पूर्ण समुदायलाई समेटेर अघि बढ्ने प्रतिबद्धता l

१० सदस्य ब्यबस्थापन l
११ एन आर एन भवन निर्माणमा नेतृत्वदायि भूमिका निर्वाह गर्ने l

१२ भुकम्प पिडित क्षेत्रमा बिद्यालय स्थापना गर्न बिशेष पहल गर्ने l 

१३ एन आर एन स्विटजरल्याण्डको वेब साइट पूर्ण रुप संचालन गर्ने – एन आर एन ए स्विटजरल्याण्डको आवस्यक सम्पूर्ण जानकारी स्विसबासि एन आर एन स्विटजरल्याण्डको वेब साइट मार्फत पारदर्श गराउने l

Share.

Leave A Reply