०८ जेठ २०८१

टेली बासेलमा च्यारीटि कार्यक्रम प्रसारण

0

०९ जुन २०१५, स्विट्जरल्याण्ड। यहि जुन २ तारीख २०१५ का दिन बासेल समाजका अध्यक्ष सन्तोष राई एवं बासेलका नेपालीहरुको सहयोग र कास्पर डुरिगको आयोजनामा नेपालका भूकम्प पीडितहरुका सहयोगका लागि अर्थ-संकलन गर्न आयोजित च्यारीटि डिनर कार्यक्रमको भिडियो बासेलको स्थानिय टेलिभिजन टेली बासेलले ०४ जुन २०१५ मा प्रसारण गर्यो।

उक्त कार्यक्रमका अवसरमा टेली बासेलले स्वीस-नेपाली भूकम्प राहत अभियानका संयोजक एवं एन. आर. एन. ए. निर्वतमान आई. सी. सी. सदस्य पितम गुरूङ र एन. आर. एन. ए. स्विट्जरल्याण्डकी वर्तमान कोषाध्यक्ष सीमा गौतमको अर्न्तवार्ता लिएको थियो।

स्वीट्जरल्याण्डका युवा गायक एवं संगीतकार सुभास सुन्दासले बालेलबासी जीत तिलिजाको (मादल) र डोलेमो निवासी भूमिराज गूरुङको (खैचडि) साथमा एक मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम प्रस्तुत गरे। कार्यक्रममा सन्तोष राई, प्रविन थापा, तारा सापकोटा, रेशम खत्री, रेशम रोका, मणिराम तमाङ, तिलक थापा र अन्य बासेलबासीहरु पाहुनाहरुको स्वागत-सत्कारमा व्यस्त देखिन्थे।

उक्त कार्यक्रममा एन. आर. एन. ए. स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठ, भूतपूर्व उपाध्यक्ष विजया भट्ट, एन. आर. एन. ए. का सल्लाहकारहरु प्रमोद भट्ट र राजु अधिकारीको पनि उपस्थिति रह्यो। आयोजकका तर्फबाट कास्पर डुरिग र सन्तोष राईले कर्यक्रममा सहयोगर्ने सबै बासेलका साथिहरु र विभिन्न कान्टोनबाट कार्यक्रममा उपस्थित पाउनाहरुरलाई कृतज्ञता ज्ञापन गरेका छन्।

 

टेली बासेलले प्रशारण गरको भिडियो हेर्नुहोस्: http://www.telebasel.ch/de/tv-archiv/&id=375106658&search=&datefrom=&dateto=&group=

image-4152e92702123eda749f374ddfc196c8813e5441fa4618f4b610e891de7ca578-V image-9222d07a0c6199d438ea858fa80eff87f5b3b728b820635820599a3b6e31ea06-V

 

Share.

Leave A Reply