०५ जेठ २०८१

रनिङ शिल्ड फुटबल प्रतियोगितामा जुरीख बिजयी

0

३१ मे २०१५, स्विट्जरल्याण्ड। जुरीख नेपाली स्पोर्टस क्लब द्वारा आयोजित दोस्रो रनिङ सिल्ड फुटबल प्रतियोगितामा “जुरीख क” समुह बिजयी भएको छ। स्विट्जरल्याण्डका ६ वटा नेपाली फुटबल टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा “जुरीख क” र “जुरीख ख” समुह फाइनलमा प्रवेश गरेका थिए। उक्त फाईनल खेलमा “जुरीख क” ले “जुरीख ख” लाई ३-१ ले पराजित गर्यो। तेस्रो स्थानको प्रतिद्वन्दि बासेलको टिमले सारगान्ज टिमलाई ओक ओभर गरे पछि सारजान्जको टिमले तेस्रो स्थान हासिल गर्यो। बिजयी टिमहरु लाई महामहिम राजदूत श्री दीपक धिताल, स्पोर्टस क्लबका अध्यक्ष देव राई, स्वीस नेपाली भूकम्प राहत अभियानका संयोजक पितम गुरूङ, एन आर एन ए का निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठ, जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष रामकुमार महत्तो, बेर्न समाजका अध्यक्ष बिष्णु थापा, बासेल समाजका अध्यक्ष सन्तोष राई, स्वीस नेपाली समाजका कोषाध्यक्ष डा. सुजन मल्ल, एन आर एन ए स्विट्जरल्याण्डकी कोषाध्यक्ष सिमा गौतम, महिला समाज सेवी विजया भट्ट र दिर्घ श्रीष थापा मगरले बिजयी खेलाडिहरु लाई प्रमाण पत्र, नगद पुरस्कार र शिल्ड बितरण गरेका थिए। उक्त पुरस्कार बितरण कार्यक्रमको संचालन गुणराज शर्माले गरेका थिए। कार्यक्रमको अन्त्यमा नानु रेष्टुरेन्ट द्वारा खानाको व्यवस्था गरिएको थियो।

उक्त दोस्रो रनिङसिल्ड प्रतियोगितामा सोपा लामा लाई सबै भन्दा धेरै गोल गर्ने खेलाडि र सजित गुरूङलाई उत्कृष्ट खेलाडिको रुपमा पुरस्कृत गरिएको थियो।

“जुरीख क”, “जुरीख ख”, बासेल, सारगांन्ज, लुजेर्न र मुस्ताङ समुह गरि ६ टिमहरुको सहभागिता रहेको थियो।

11401274_908190809240362_5248455929852355813_n

11406962_908195369239906_4272100646306040675_n

10849755_908187842573992_6577236565481729453_n 11334068_908197169239726_8378472645774927711_o 11391089_908183635907746_3642031628017054219_n 11391190_908192675906842_3243234225182915600_n 11391513_908187765907333_6503716764839361282_n

Share.

Leave A Reply