०६ जेठ २०८१

३० मेमा जुरिचमा हुन गईरहेको च्यारिटि डिनर कार्यक्रममा सम्पूर्णलाई चुल्हे निम्तो

0

हामीले नगरे कसले गर्ने , अहिले नगरे कहिले गर्ने,

आउनुहोस  पुण्य कार्यमा सहभागी बनौ||| 

“प्रकृतिले हामि लाई यति निर्दयी प्रहार गर्दै सबैलाई रुवाएको त छदैछ त्यो संगै दुखद शोकको घडीलाई शक्तिमा बदलौ | किनकि धर्ती जति हल्लिए पनि हाम्रो आत्मबल त डगमगाएको छैन । घर गाउँ र बस्ती जति ढले पनि हाम्रो मन त अझै ढलेको छैन ।। एउटा धरहरा भत्कियो त के भो, करोडौँ नेपाली हातहरू मिलेर सयौँ धरहरा उभ्याउन सक्छौँ |”

स्विजरल्याण्डमा सक्रिय रहेका केहि सस्थाहरु सहित नेपाली समाजका अगुवाहरुको  सामुहिक सहभागितामा गठित स्विस-नेपाली भूकम्प पिडित राहत अभियानको आयोजनामा पिडीतहरुलाई अल्पकालीन र दिर्घकालिन सहयोगका लागि आर्थिक संकलन गर्ने उद्देश्यले निम्न मिति समय र स्थानमा हुन गईरहेको च्यारिटी डिनर कार्यक्रममा उपस्थित भई दिनु हुन् सम्पूर्ण स्विजरल्याण्ड वासी नेपाली दाजुभाई ,दिदीबहिनी लगायत नेपाल र नेपालीलाई माया गर्ने मानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ | आउनुहोस तपाई हाम्रो सानो सहयोगले पनि दैबी विपत्तिको मारमा पर्नु भएका सम्पूर्णलाई ठुलो राहत मिल्ने छ | 

मिति – ३० मे २०१५ , शनिवार 

समय – दिनको ठिक १६ बजे देखि २१ बजे सम्म 

स्थान – Konferenzzentrum, See Spital, 

Grütstrasse 60, 

8820 Kilchberg, Zürich

प्रति व्यक्ति – ४० स्विस फ्रान्क 

कार्यक्रम –

अपेरो – (पकौरा , नेपाली चिया र सफ्ट ड्रिंक )

सास्कृतिक कार्यक्रम

बृतचित्र प्रदर्शन  

नेपाली खाना

जानकारीका लागि सम्पर्क –

रामकुमार महतो ( कार्यक्रम संयोजक )जुरिच – 0765865456

शन्तोष राई बासेल – 0787045591

भुमि गुरुङ युरा -0764275443

छोङडुक भोटे सोलोथुन – 0765339189

तेम्पा गुरुङ सरगांश – 0786540342

विष्णु थापा बर्न – 0793870901

देव राई जुरिच – 0789044555

विजया भट्ट आरगाउ – 0786566631

दुर्गा तामांग जेनेभा – 0797162455

नोट – स्विजरल्याण्ड  स्थित सबै संघ , संस्था र समुहलाई निमन्त्रणा पठाई  सकिएको जानकारी गराउदै यदि कुनै प्राविधिक कारणले नपाउनु भएमा यसैलाई आधिकारिक निमन्त्रणा मानेर उपस्थित भई दिनु हुन् हार्दिक अनुरोध गर्दछौ |

आयोजक 

स्विस-नेपाली भुकम्प पिडित राहत अभियान 

स्विजरल्याण्ड 

Share.

Leave A Reply