०८ जेठ २०८१

नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको महाधिवेशन २९ अगष्टमा

0

जुरीख। नेपाली कांग्रेसको भातृ संगठनको रूपमा रहेको नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले यही आउँदो २९ अगष्टमा पाँचौ महाधिवेशन गर्ने भएको छ।

स्विट्जरल्याण्डको ओल्टेन शहरमा नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष श्याम सापकोटाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।

समितिको महाधिवेशनको तयारीको लागि क्रियाशिल सदस्यता वितरण गर्ने र सदस्यताको लागि ३५ स्वीस फ्रयान्क तोकेको छ।

निर्वाचन समितिको संयोजक बिष्णु थापा लाई तोक्दै समितिको महाधिवेशनको लागि स्थान समय र विस्तृत जानकारीका लागि अर्को सूचना प्रकाशित गर्ने समितिले जनाएको छ।

Share.

Leave A Reply