०८ जेठ २०८१

एनआरएनए स्वीट्जरल्याण्डको १२ औं बार्षिक साधारणसभा सम्पन्न

0

जुरिख। एनआरएनए स्वीट्जरल्याण्डको १२ औं बार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ। कोभिड- १९ का कारण संघले भर्चुअलरुपमा बार्षिक साधारणसभाको आयोजना गरेको हो।

स्वीट्जरल्याण्डस्थित नेपाली राजदूत मणिप्रसाद भट्टराईले प्रमुख अतिथिको रुपमा बोल्दै एनआरएनए अभियानमा देखिएको सक्रियताको प्रशंसा गरे। राजदूत भट्टराईले भने,”मैले एनआरएनको केन्द्र,क्षेत्र र राष्ट्रिय समन्वय परिषदले गरेका तीन छुट्टाछुट्टै कार्यक्रमहरुमा एक महिना यता सहभागिता जनाएको छु। यसले एनआरएन आफ्नो लक्ष्य र उदेश्य प्रति प्रतिवद्व र सक्रिय रहेको देखाउछ।”

बिश्वभर नै फैलिएको कोभिड -१९ को प्रकोपले नेपाल लगायत स्वीट्जरल्याण्ड पनि अछुतो नरहेकोमा उनले चिन्ता ब्यक्त गरे। दोस्रो लहरको संक्रमण झनै डरलाग्दो रुपमा बढेकाले उनले नेपाली समुदायलाई सचेत र सजक रहन अनुरोध समेत गरे। राजदूत भट्टराईले भने,”गत मार्चमा दैनिक १५ सयको संक्रमण दर थियो। तर अहिले स्वीट्जरल्याण्डमा त्यो संख्या बढेर दैनिक ९ हजार पुगेको छ।” उनले एनआरएनए र दूतावासको सहकार्य सधैँ मजबुत रहेकोमा खुशी ब्यक्त गरे।

कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै युरोप क्षेत्रीय उपसंयोजक मुक्त बहादुर गुरुङले एनआरएनए अभियानमा एनसीसी स्वीट्जरल्याण्डको योगदान महत्वपूर्ण रहेको बताए। उनले स्मार्ट एनआरएन, निशुल्क सदस्यता र अनलाईन भोटिङ्गबारे केन्द्रले ल्याउने थालेको प्राबधानबारे स्पष्ट पारेका थिए। गुरुङले अबको एनआरएन दोस्रो पुस्तामा युवाहरुमा हस्तान्तरण हुनुपर्ने र त्यसको लागि अहिले देखिनै बाताबरण तय गरिनुपर्ने बताए।

गैर आवासीय नेपाली संघ, स्वीट्जरल्याण्डको अध्यक्ष शिव कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न साधरण सभामा आईसिसी सदस्यद्वय भूमीराज गुरुङ र गुणराज शर्माको पनि उपस्थिति रहेको थियो।

संघको प्रगति तथा आर्थिक विवरणबारे पनि छलफल भएको थियो। कार्यक्रमको संचालन महासचिव कृष्ण प्रसाद शिवाकोटीले गरेका थिए।

Share.

Leave A Reply