०५ जेठ २०८१

कोभिड–१९ को प्रभाव :-स्विटजरल्याण्डमा नेपालीहरुको अबस्था कस्तो छ? (लाईभ बहस)

0

कोरोना भाइरस कोभिड–१९को महामारीका कारण युरोप संकटग्रस्त देखिन्छ। पछिल्लो क्रममा युरोपेली मुलुकहरु झनै यसको चपेटोमा फसेका छन्। युरोपमा ईटालीबाट यो महामारीले झिल्को बल्यो। अन्तत ईटालीजस्तै स्पेन, फ्रान्स, जर्मनी, स्विटजरल्याण्ड, बेल्जियम लगायतका देशहरु अहिले कोरोना प्रकोपको संकटसँग जुधिरहेका छन्।

युरोपमा रहेका नेपाली समुदायको अवस्थालाई मध्यनजर गर्दै एनआरएन टकको लाईभ प्रसारण हामीले जारी राखेका छौ। यसअघि हामीले इटाली,स्पेन र पोर्चुगलका नेपाली समुदायका अगुवाहरुसँग छलफल गरिसकेका छौ। त्यहाँस्थित नेपालीहरुको अबस्थाकाबारे नजिकबाट नियाल्ने कोशिस पनि गरेका थियौ।

आजको कार्यक्रम स्विट्जरल्याण्ड बिशेष छ। हामीसँग संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोग तथा स्वीट्जरल्याण्डस्थित नेपाली राजदूताबासका महामहिम राजदूत मणीप्रसाद भट्टराई अतिथिको रुपमा हुनुहुन्छ।सोहि दूताबासले पनि इटालीलाई समेत हेर्दै आएको हुँदा,त्यहाँस्थित नेपालीहरुको पछिल्लो अबस्थाबारे पनि हामीले जिज्ञासा राखेका छौ।

यस्तै कार्यक्रममा बेर्नको युनिभर्सिटी अस्पतालमा कार्यरत बरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. बिनय श्रेष्ठ, एनआरएनए स्विट्जरल्याडका आईसीसी सदस्य भूमिराज गुरुङ र एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष शिव कुमार सुब्बा पनि हुनुहुन्छ।

प्रस्तुत छ, नेपालीनेपाली डटकम तथा नेपाल स्वीसनेपाल डटकमको प्रस्तुति कार्यक्रम एनआरएन टकको स्विटजरल्याण्ड बिशेष कार्यक्रमको पुरा भिडियो हेर्नुहोस् :-

Share.

Leave A Reply