०५ जेठ २०८१

स्विटजरल्याण्डमा कुनै नेपालीलाई कोरोना संक्रमण नभएको एनआरएनए स्विटजरल्याण्डको स्पष्टोक्ति

0

बेर्न। स्विटजरल्याण्डमा कुनै नेपालीलाई हालसम्म कोरोना संक्रमण नभएको गैर आवासिय नेपाली संघ एनआरएनए स्विटजरल्याण्डले स्पष्ट पारेको छ। एनआरएनए स्विटजरल्याण्डले सूचना प्रकाशन गरी यो जानकारी गराएको हो।

अहिले विश्वमानै महामारीको रुपमा फैलिरहेको कोरोनाभाईरसको महामारी स्विट्जरल्याण्डमा पनि दिन प्रतिदिन बढ्दै गैरहको कुरामा सम्पूर्ण स्विट्जरल्याण्ड बासी नेपाली जनसमुदाय जानकार नै हुनुहुन्छ। उक्त महामारीको कारण स्विट्जरल्याण्डको सरकारले सबैजसो साना ठुला ब्यवसायहरु बन्द गराएको कुरा यहाँहरु सबैजनालाई अवगतनै छ। आजको मिति सम्म स्विट्जरल्याण्डमा बसोबास गदै आउनु भएका कुनै पनि नेपाली दाजुभाइ तथा दिदिबिहनीहरुलाई रोगको संक्रमण भएको जानकारी नआएको अवगत गराउँदछौं। साथै बिभिन्न अनलाईन तथा सामजिक संजालमा आएका गलत समाचारमा विश्वास नगनुर्हुन पनि अनुरोध गदर्छौं र यदि कसैमा संक्रमणको लक्षणहरु देखिहालेमा पनिआफु बसेको नजिक रहेको स्वास्थ्य संस्थामा परिक्षण गराउनुहुन अनुरोध गदर्छौं।’ सूचनामा भनिएको छ।

स्विट्जरल्याण्डमा बसोबास गदै आउनु भएका कुनै पनि नेपाली दाजुभाइ तथा दिदिबिहनीहरुलाई खाद्यान्नको लागि आर्थिक अभाव नभएको समेत सूचनामा उल्लेख गरिएको छ। ‘केहि मुलुकहरुमा बस्ने नेपाली दाजुभाई तथा दिदिबिहनीहरुबाट सुन्नमा आएको जस्तो महामारीको कारण खाद्यान्नको लागी आर्थिक अभाव नभएको र यदी कतै त्यस्तो अवस्था सृजना भएको र कोही पिडित हुनुहुन्छ भने एनआरएनए स्विट्जरल्याण्ड लाई र नेपाली राजदुताबास जेनेभामा संपर्क गर्न सक्नुहुनेछ।’ सूचनामा उल्लेख छ।

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको ७२औं बैठकले नेपाल सरकारलाई सहयोगको लागि अति आवश्यक स्वास्थय सामग्रीहरु उपलब्ध गराउन कोरोना भाईरस आपत्कालीन कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको र हरेक देशको आईसिसि सदस्य र राष्ट्रिय समन्वय परिषदलाई सहयोगको आव्हान गरेकोले संघको २९ मार्च २०२० मा बसेको अनलाईन बैठकले संघको कोषबाट ५ सय स्विस फ्रेंन्क सहयोग गर्ने निर्णय गरेको जनाईएको छ।

आईसिसि सदस्य भूमिराज गुरुङ बाट ३ सय स्विस् फ्रेंन्क र अध्यक्ष शिव सुब्बा बाट १ सय ५० स्विस् फ्रेंन्क गरि स्विट्जरल्याण्ड बाट ९ सय ५० स्विस् फ्रेंन्क ( लगभग एक लाख पन्ध्र हजार रुपैयाँ ) कोरोना भाईरस आपत्कालीन कोषमा जम्मा हुने जनाईएको छ।

Share.

Leave A Reply