०३ जेठ २०८१

शेर्पा सोसाइटी स्विटजरल्याण्डले ग्याल्मो लोसार मनाउँदै

0

बासेल। शेर्पा सोसाइटी स्विटजरल्याण्डले ग्याल्वो लोसार मनाउने भएको छ । शेर्पा सोसाइटीले प्रत्यक बर्ष आयोजना गर्दै आएको ग्याल्मो लोसार यसपटक आउँदो २०२० फेब्रुअरी महिनाको २९ तारिख शनिवारको दिनमा आयोजना हुने भएको छ।

विविध सांस्कृतिक कार्यक्रमका साथ मनाइने कार्यक्रममा अस्ट्रिया तथा छिमेकी राष्ट्रहरूमा बसोबास गर्दै आएका शेर्पा समुदाय सहित नेपाल प्रेमी , स्विसबासि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सहभागी बन्नेछन्। २१४७औं च्या फो चिवा लो (मूसा बर्ष) को ग्याल्मो लोसार कार्यक्रममा आ-आफ्नो संस्कृति झल्कने पोशाकका साथ उपस्थित हुनु पर्नेछ । कार्यक्रममा सहभागी हुन आयोजक शेर्पा सोसाइटी स्विटजरल्याण्डले सबैमा आग्रह गरेको छ।

कार्यक्रम Bauernhaus an der Limmat Bahnofstrasse 5300 Turgi मा दिउँसो साढे ३ बजेदेखि राती १० बजे सम्म हुनेछ । प्रवेश शुल्क ३५ स्विस फ्रान्क लाग्ने सो कार्यक्रममा सो शुल्क तिरेपछि अपेरो र रात्रि भोजको साथमा हल्का पेय पदार्थ उपलब्ध गराइनेछ। १२ बर्ष सम्मका बालबालिकाहरूलाई नि-शुल्क तथा १२ बर्ष सम्म भन्दा माथिका बालबालिकाहरूलाई २० स्विस फ्रान्क शुल्क तोकिएको छ।

कार्यक्रममा सहभागी भइदिन अस्ट्रिया तथा छिमेकी राष्ट्रहरूमा बसोबास गर्दै आएका शेर्पा समुदाय सहित नेपाल प्रेमी, स्विसबासि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आयोजक शेर्पा सोसाइटी स्विटजरल्याण्डले आग्रह गरेको छ।

Share.

Leave A Reply