०५ जेठ २०८१

भारतीय अतिक्रमणविरुद्ध स्वीट्जरल्याण्डमा प्रदर्शन हुँदै

0

जुरीख।  नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध युरोपमा रहेका नेपालीहरु आन्दोलित भएका छन्। विभिन्न देशमा अवस्थित भारतीय दूतावास तथा नियोगमा प्रदर्शनसहित  ज्ञापनपत्र बुझाउदै गैर आबासीय नेपालीहरुले बिरोध प्रदर्शन गरेका हुन्। जर्मनी र बेल्जियममा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेपछि स्वीटजरल्याण्डमा पनि विरोध प्रदर्शन तथा भारतीय दूतावासमा ज्ञापनपत्र बुझाउने तयारी थालिएको छ।

एनआरएनए स्वीटजरल्याण्ड, प्रवासी नेपाली एकता मञ्च र नेपाली जनसम्पर्क समितिको संयुक्त आयोजनामा विरोध प्रदर्शनको तयारी थालिएको हो। नोभेम्बर २६ तारिख मंगलबार भारतीय दूतावासअघि प्रदर्शन गर्ने संघ संस्थाहरूले जनाएका छन्।

यसअघि एनआरएनए जर्मनी लगायत संघ संस्थाहरु मिलेर मंगलबार फ्र्यांकफोर्ट स्थित भारतीय कन्सुलेट कार्यलयअघि बिरोध प्रदर्शन गरे। गैर आबासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुमार पन्त समेत सहभागी कार्यक्रममा भारतीय अतिक्रमणविरूद्ध प्ले कार्डहरु प्रदर्शन गरिएको थियो।

भारतीय अतिक्रमणविरूद्ध सोमबार बेल्जियममा रहेका नेपालीहरुले युरोपको राजधानी शहर ब्रसेल्समा प्रदर्शन गरे। ब्रसेल्सस्थित भारतीय दूतावासअघि उनिहरुले भारतले गरेको सिमा अतिक्रमणविरूद्ध नाराबाजीसमेत गरेका थिए। झण्डै सयको संख्यामा रहेका सहभागीहरुले “नेपाली एकता जिन्दावाद”, “कालापानी लिम्पियाधुरा हाम्रो हो”,”भारतीय सेना नेपाल छोड” जस्ता नाराहरुसहित प्रदर्शन गरे। कार्यक्रममा बेल्जियमस्थित एनआरएनए,संघ-संस्थाका प्रतिनिधिहरु लगायत नेपालीहरुको सहभागिता रहेको थियो। राजदूतलाई भेट्ने अनुमति नपाएपछि ज्ञापनपत्र भने उनिहरुले पोष्टबक्समा खसालेका थिए।

थप बिबरण:-

बिरोध प्रदर्शन हुने स्थान: Helvetiaplatz Bern

समय: २६ नोभेम्बर मंगलबार दिउँसो १३:३० बजे

बिस्तृत जानकारीका लागि 

अचुत प्रसाद फुयाल (0764667184), संयोजक,प्रबासी नेपालि एकता मंच स्वीट्जरल्यण्ड

श्याम सापकोटा (0786747445), अध्यक्ष नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड

शिब सुब्बा (0799451255), अध्यक्ष  एनआरएनए स्वीटजरल्याण्ड

Share.

Leave A Reply