०६ जेठ २०८१

स्विट्जरल्याण्डमा दशैं मनाउने तयारी

0

जुरीख, नेपालीहरूको महान् पर्व बडा दशै २०७६ को अवसरमा स्विजरल्याण्डमा रहेका नेपालीले सामूहिक रूपमा दशै मनाउने तयारी गरेका छन् । त्यसको लागि शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

स्वीस नेपाली समाज र एन आर एन ए स्विजरल्याण्डको आयोजनामा आगामी अक्टोबर ६ तारिख को दिन भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा उपस्थितिको लागि स्वीस नेपाली समाज र एन आर एन ए स्विजरल्याण्डले सबैमा अनुरोध गरेको छ।

विदेशमा भएपनि आफ्नो देशको सांस्कृतिक पर्वलाई मनाउँदै संस्कृतिको रक्षा मात्र नभएर चाडबाडको समयमा आफन्त तथा साथी भाइबाट टाढा हुँदा हुने नरमाइलो पनलाई बिर्साउन समेत कार्यक्रमले मद्दत गर्ने आयोजकको विश्वास छ । कार्यक्रम अक्टोबर ६ तारिखका दिन दिउँसो ३ बजेदेखि राती १२ बजेसम्म हुनेछ । कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको आयोजकले बताए ।

कार्यक्रमको स्थान र सहभागी शुल्क निम्न रहेको छ।

स्थान :

Zopfhaus Staufen

Zopfgasse 22

5603 Staufen

Bus nr. 390 or 395 from Lenzburg Trainstation to Lindenplatz 10 to 15 min. walking from Lenzburg Trainstation

Entry: CHF 20.00 per adult CHF 10.00 per child (10 to 15 years) child under 10 free include: Nepali Apero and Nepali Dalbhat, Veg. & Nonveg. with Soft Drinks. payable Drinks: Beer & wein

Program: Music & Intertainment

Contact: Sukra Shrestha 076 570 75 60 Kamal Bhatta 079 743 10 24 Siva Subba 079 945 12 55

आयोजक: SNS & NRNA Switzerland

Share.

Leave A Reply