०५ जेठ २०८१

जेनेभामा नवराजको कविता कन्सर्ट हुँदै

0

जेनेभा, युवाकवी नवराज पराजुलीको कविता कन्सर्ट कार्यक्रम जेनेभामा आयोजना हुँदैछ । उनले आफ्ना कविता सुनाउँदै दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन् ।

सेप्टेम्बर ११ तारिखको दिन साँझ ६ बजे रेष्टुरेन्ट किङ करीमा उनले प्रस्तुति राख्नेछन् । संगीतको साथमा उनका गहकिला शब्दका कविताले कविता तथा संगीत पारखीलाई फरकपन महशुस गराउनेछ । कार्यक्रममा उनले आफ्ना चर्चित आधा दर्जन कविता सुनाउदै दर्शकलाई कवितातर्फको मोह बढाउनेछन् । नेपाली कवितालाई नयाँ शैली र स्वादमा सुन्न पाइने कविता कन्सर्ट कार्यक्रमको विशेषता हो ।

नेपलिज इन जेनेभाको स्थानिय संयोजनमा कन्सर्टको आयोजना गरिएको हो । अगष्ट १६ देखि मेला नेपालको प्रस्तुतिमा पराजुलीको कविता कन्सर्ट २०१९ युरोपका विभिन्न ठाउँमा भइरहेको छ । यो यात्रा सेप्टेम्बर २७ सम्म जारी रहनेछ । जेनेभामा आयोजित कार्यक्रमलाई भव्य बनाउन तयारी तीव्र पारिएको छ । पराजुलीको कविता यात्राले नेपाल सरकारले मनाउन लागेको भिजिट नेपाल २०२० लाई सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Share.

Leave A Reply