०६ जेठ २०८१

एनआरएनए, स्विट्जरल्याण्डको पद हस्तान्तरण र तीज विशेष कार्यक्रम

0

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले यही आउँदो १ सेप्टेम्बर २०१९ आइतवारको दिन बेर्नमा पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ।

दिनको १ बजेबाट सुरु हुने उक्त संघको  पद हस्तान्तरण कार्यक्रममा निवर्तमान र नव निर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारी, निर्वाचन समितिका पदाधिकारी, विधान समितिका पदाधिकारी, स्विट्जरल्याण्ड स्थित संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधि, पत्रकारहरू र सम्पूर्ण स्विट्जरल्याण्ड बासी जनसमुदायहरू लाई उपस्थितिको लागि संघले विनम्र अनुरोध गरेको छ।

एनआरएनए, स्विट्जरल्याण्डका निवर्तमान कार्यसमितिले नव निर्वाचित कार्यसमितिलाई सो दिन पद हस्तान्तरण गरे सँगै नयाँ कार्यसमितिले दुई वर्षका लागि (२०१९-२०२१) संघको कार्यभार सम्हाल्ने छन्।

कार्यक्रम हुने समय र स्थान

मिति १ सेप्टेम्बर २०१९

समय दिनको १३:०० बजे

स्थान

Jupiterstrasse 15, 3015 Bern

१४:०० बजे देखि तीज विशेष कार्यक्रम

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले पद हस्तान्तरण कार्यक्रम समाप्त लगतै उक्त हलमा तीज विशेष कार्यक्रम आयोजना गरेको छ।

नव निर्वाचित उपाध्यक्ष शुभ एल्मर, लामाको संयोजकत्वमा हुने तीज विशेष कार्यक्रम दिउँसो २ बजे देखि सुरु हुने कार्यक्रमका लागि प्रवेश शुल्क २० स्वीस फ्रान्क र विद्यार्थीहरूका लागि १५ स्वीस फ्रान्क शुल्क तोकिएको छ। खानपिनको समेत व्यवस्था रहेको उक्त कार्यक्रममा सहभागी बनी सफल पार्न संघले स्वीसस्थित नेपाली संघ संस्था तथा नेपाली समुदायलाई अनुरोध गरेको छ।

कार्यक्रम बारे विवरण:-

मिति:- १ सेप्टेम्बर आइतवार,२०१९

समय:- दिउँसो २ बजे देखि

स्थान :-Jupiterstrasse 15, 3015 Bern

प्रबेश शुल्क:- २० स्वीस फ्रान्क ( विद्यार्थीहरूका लागि १५ स्वीस फ्रान्क)

खाना र सफ्ट ड्रिंक्सको ब्यबस्था

आयोजक :-एनआरएनए स्विट्जरल्याण्ड

Share.

Leave A Reply