०६ जेठ २०८१

शुभ एल्मर बनिन् युरोपकै मोष्ट एक्टिभ महिला संयोजक

0

जुरिच। झन्डै ५ दशक देखि स्वीट्जरल्याण्डमा बस्दै आएकी शुभ एल्मर लामाले मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी छन्। गैर आवासीय नेपाली संघको १० औ युरोपस्तरीय महिला सम्मेलनमा लामासँगै अष्ट्रियाकी भवानी तिवारीले पनि उक्त सम्मान पाएकी हुन्।

युरोप क्षेत्रमा रहेका २० वटा महिला फोरममध्ये बिभिन्न गतिविधिमा अतिनै सक्रिय बनेका दुई एनसीसी राष्ट्र स्वीट्जरल्याण्ड र अष्ट्रियालाई ईटालीको रोममा गतसाता सम्मान गरिएको हो।

स्वीट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामा दुईपटकसम्म एनआरएनए स्वीट्जरल्याण्डको महिला फोरमको संयोजक सम्हालिन्। गत बर्षमात्र संयोजक लामाकै पहलमा नेपालको पहिलो अस्पताल वीर अस्पताललाई १२ वटा ह्वीलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो। यस्तै महिला फोरमले बिकट जिल्लाहरुमा गरिव तथा दलित महिलाहरुका लागि संचालन गरेको स्वास्थ्य सेवामा समेत स्वीट्जरल्याण्डको महिला फोरमले लाखौ रुपैयाँको सहयोग गर्दै आएको छ।

लामा सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । उनीसँग  टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ।

गैर आबासीय नेपाली संघकी उपाध्यक्ष सपिलाराज भण्डारी, महिला संयोजक रजनी प्रधान, युरोप महिला उपसंयोजक संगीता मरहट्ठा लगायतले उक्त अबसरमा महिला सशक्तिकरणका बारे बोलेका थिए।

एनसीसी स्वीट्जरल्याण्डको पनि प्रतिबेदन प्रस्तुत ;-

१२ औ युरोपेली बैठकमा एनआरएनए स्वीट्जरल्याण्डले प्रतिबेदन प्रस्तुत गरेको छ। संघका अध्यक्ष भूमिराज गुरुङले

बारा र पर्साका हावाहुरी पीडितहरूको आपत्कालिन राहतको लागि एनआरएनए स्विट्जरल्याण्डले गरेको सहयोग बारे जानकारी गराए।

भाईबर ग्रुप हाम्रो स्वीस चौतारी मार्फत सूचना जारी सहयोगको अपिल गरेको र उक्त अभियान बाट ३ लाख ६० हजार रुपैयाँ (३२८८ स्वीस फ्रान्क) संकलन गरी संघको केन्द्रिय आपतकालीन राहत कोषमा पठाएको बारे उनले स्पष्ट पारे।

एनआरएनए स्विट्जरल्याण्डले पहिलो पटक प्रकाशन गरेको नेपाली भित्ते पात्रोबारे जानकारी,दूताबासको सहकार्यमा भएका पर्यटन प्रवद्वनका कार्यक्रमहरुबारे पनि उक्त अबसरमा जानकारी गराईएको थियो।

Share.

Leave A Reply