०६ जेठ २०८१

एनआरएन स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बाले उम्मेदवारी दिने

0

जुरीख। एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बाले उम्मेदवारी दिने भएका छन्। २ दशकभन्दा लामो समय राजधानी बर्नमा बस्दै आएका सुब्बाले आगामी नेतृत्वको दावी गरेका हुन्।बर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका उनले  समावेशिता, पारदर्शिता, इमान्दारीता र कृयाशिलता आफ्नो मुल एजेण्डा रहेको बताएका छन्।

अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने एक बक्तब्य जारी सुब्बाले संघको नेतृत्वमा रही नेपाल सरकारको भ्रमण बर्ष २०२० को अभियानलाई समेत सफल पार्ने प्रतिबद्वता ब्यक्त गरेका छन्। “ भ्रमण बर्षको अभियानलाई सफल पार्न प्रचारप्रसार एवं पर्यटन प्रवर्दधनका कार्यक्रमहरू आयोजना गर्दै संघको तर्फबाट सक्दो सहयोग एंव सहकार्य गर्ने पतिवद्धता जनाउन चाहन्छु।” उनले घोषणापत्रमा लेखेका छन्। नयाँ नेतृत्व चयनका लागि एनआरएनए स्वीट्जरल्याण्डको अधिबेशन आगामी अगष्ट १८ तारिख हुँदैछ।

सुब्बाको घोषणापत्र जस्ताको तस्तै :-

समाबेशी, पारदर्शीता, ईमान्दारिता तथा क्रियाशीलता” 

आदरणीय स्वीसवासी दिदीबहिनी तथा दाजुभाईहर। म शिव कुमार सुब्बाको हार्दिक अभिवादन छ। आगामी अगस्ट १८ तारिख २०१९ मा सम्पन हुन गइरहेको गैर आबासीय नेपालीसँग स्वीट्जरल्याण्डको मतदानमा अध्यक्ष पदको लागी उम्मेदवारी घोषणा गर्न चाहन्छु।  यस अवसरमा मलाई खुसी लागेको छ। म २३ वर्स देखी स्विसको बर्न (Bern) शहरमा सपरिवार बसोबास गर्दै आएको छु।

बेर्न (Bern) को नेपाली संस्था NESCOF को स्थापना काल २००८ देखि नै म विभिन्न कार्यकारी पदमा आवद्ध भै र हाल गैर आवाशिय नेपाली संघ स्विसको उपाध्क्ष पदमा रहि काम गरिरहेको यहाँहरूलाई अवगत गराउन पाउदा खुशी लागेको छ।  यी संघ संस्थाहरू मार्फत कृयाशील भई सहकार्य एवं समन्वय गर्दै स्विसमा विभिन्न सरकारी, संघ, संस्था एंव विभिन्न क्षेत्रमा कार्य तथा सहयोग गर्दै आएको पनि अवगत गराउन चाहन्छु।

नेपालमा सवारी दुर्घटनामा एंव यसबाट हुने क्षति न्युनिकरण गर्न संघले सडक सुरक्षा सम्बन्धि गठन भएको उप समितिमा पनि सदस्य भई सकृयताका साथ काम गर्न पाँउदा थप उर्जा मिलेको छ।  आगामी दिनहरूमा पनि देश, समाज बसोवास गरेको ठाँउको नेपाली दिदीबहिनी र दाजुभाईहरुको सांथमा हातेमेलो गर्दै आफ्नो बुद्धि विवेक र क्षमतालाई उपंयोग गर्दै सक्दो सेवा गर्ने प्रण गर्दछु।

माथि उल्लेखित समावेशिता, पारदर्शिता, इमान्दारीता र कृयाशिल्ता मेरो मुल एजेण्डा हो।  यस एजेण्डालाई सर्वोपरिराखी सबै तह र तप्का र सानो ठूलो लाई संलगन गराई संघलाई प्रभावकारी एवं कृयाशिल बनाउन प्रयत्न गर्ने छु।  साथै यो मेरो बुझाई पनि हो ! यस् अवधारणा अनुरूप सामाजिक जिवनको सवै पक्षलाई एकिकृत सबैलाई समावेश गराई एक आपसमा मन्थन र विचारविमर्श गर्दै अगाडी बढने मेरो लक्ष्य हो।  विशेषत : नेपाल सरकारले २०२० को वर्षलाई ‘ भिजिट नेपाल ‘ वर्षको रूपमा लिएको महान अभियानलाई सफल पार्न यस गैर आवाशिय नेपाली संघ स्विसले पनि एक्यवद्धता गराउँदै सकृयताका साथ प्रचार प्रसार एवं पर्यटन प्रवर्दधन का कार्यक्रमहरू आयोजना गरी महान अभियानमा सरिक भई संघको क्षेत्रबाट सक्दो सहयोग एंव सहकार्य गर्ने पतिवद्धता जनाउन चाहन्छु।

गैर आवासिय नेपाली नागरीकता दिने सम्बन्धमा देखिएको केही व्यवधानमा पुनविचार गर्न आग्रह नेपाल सरकारलाई रहनेछ।  सैदव यहाँहरूको अमूल्य सल्लाह, सुझावलाई मनन गरि संधको र यहाँहरूको हितलाई शिरोभर राखि आफ्नो क्षमता, साधन श्रोत एंव वुद्धि विवेक ले काम गर्दै जाने छु।  म कुरा र, भाषणमा भन्दा कर्ममा विस्वास गर्दछु ! अन्तमा यस संघको प्रगतिको लागी कार्य योजना बनाइ इमान्दारीता, पारदर्शिता, समावेसिता र कृयाशिल्ता नारालाई व्यवहारामा परिणत गर्ने प्रण एंव अढोर जाहेर गर्दै आगामी १८ अगस्ट २०१९ का दिन यहाँहरू सबै उपस्थित भै यहाँहरूको अमुल्य मत मलाई प्रदान गरि विजयी बनाई दिन हुन हार्दिक अनुरोध गर्दछु।

शिव कुमार सुब्बा ( तुम्बाहाङ्गफे)

अध्यक्षको लागि उम्मेदवार

एनआरएनए स्वीट्जरल्याण्ड

Share.

Leave A Reply