०४ जेठ २०८१

एनआरएन नागरिकता संसोधन सम्वन्धी प्रस्ताव पारित

0

गैर आवासीय नेपाली संघको चासोको विषय रहेको एनआरएन नागरिकता सम्बन्धी संशोधन प्रस्ताव प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ ।
समितिको सोमबार बसेको बैठकले गैर आवासीयन नेपालीहरुले उठाएका नागरिकता सम्बन्धी चासो र त्यस सम्बन्धी विषयहरुलाई सम्बोधन गदै नागरिकता ऐन २०६३ मा एनआरएन नागरिकता माथिको संशोधन प्रस्तावलाई पारित गरेको हो ।

पारित गरिएको संशोधन संसोधन प्रस्तावको दफा ७ क देखी ङ सम्म गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने भन्ने विषय बस्तु माथि छलफल गरेर टुंगो लगाइएको हो । नागरिकता सम्बन्धी अन्य विषयहरुमा छलफल बाँकी रहेतापनि सोमबार बसेको बैठकले गैरआवासीय नेपाली नागरिकता सम्वन्धि विषय बस्तुलाई भने किनारा लगाएको छ ।

प्रस्तुत विधेयक मस्यौदामा गैरआवासिय नेपालीलाई दिइने नागरिकताका सम्बन्धमा राजनीतिक अधिकार बाहेकको नागरिकता दिने भन्ने शब्दावली उल्लेख गरिएको थियो । तर संशोधित मस्यौदामा सो शब्दावलीलाई हाल परिमार्जन गरेर संविधान बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन्’ भन्ने व्यवस्था गरिएको छ ।
त्यसरी नै नागरिकता प्राप्तिका लागि गैरआवासिय नेपालीले गृह मन्त्रालय नै आउनुपर्ने र त्यसमा पनि नेपाली नागरिकता प्रमाणपत्र त्यागेको व्यहोराको पत्र विदेशबाटै ल्याएर पेश गर्नुपर्ने भन्ने मस्यौदामा पूर्व उल्लेखित व्यवस्थालाई परिमार्जन गरिएको छ । समितिका सदस्य सूर्य पाठकका अनुसार अहिले गृह मन्त्रालय वा गृह मन्त्रालय मातहताका निकायहरुबाट गैरआवासिय नागरिकता लिन सकिने व्यवस्था गरिएको छ । त्यसका लागि विदेशमा नागरिकता त्यागेको भन्ने प्रमाण ल्याउनु पर्ने नभई स्वदेशबाटै सो व्यहोराको पत्र लिएर पेश गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ ।
विदेशको नागरिकता लिएपछि नेपालमा स्वतः रद्द हुने व्यवस्था रहिआएको छ । तर, गैरआवासिय नेपालीले नागरिकता लिँदा उसले नेपालको नागरिकता त्यागेको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्थामा उल्लेख थियो’, पाठकले भने, ‘ तर अमेरिका, बेलायत क्यानडा लगायतका देशमा उताको नागरिकता दिँदा नेपालको त्यागेको भन्ने प्रमाण पत्र दिइन्न । यसो हुँदा नेपाली नागरिकताको प्रमाणपत्र त्यागेको व्यहोराको पत्र ल्याउन नसकिने हुँदा अहिले भाषा मिलाइएको छ ।’
सोमबार समितिले पारित गरेको विधेयकमा सम्बन्धित व्यक्तिले साविकमा लिएको नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेको प्रमाण स्वदेशी निकायबाटै पुष्टि गराएर गैरआवासिय नागरिकता लिन सक्ने बुझिएको छ । विधेयकबारेको मस्यौदामा नेपाली नागरिकता त्यागेको प्रमाणपत्र ल्याउनुपर्ने व्यवस्थामा एनआरएनका जिम्मेवार अधिकारीले यथार्थ कुरा बाहिर ल्याएपछि त्यसबारे सांसद पाठकले संशोधन दर्ता गराएका थिए ।
‘गैरआवासियक नेपाली नागरिकता लिनका लागि नेपालको नागरिकता त्यागेको प्रमाण पेश गर्नुपर्ने भन्ने कुरा आयो । एनआरनएको के भनाई थियो भने बेलायत, अमेरिका, क्यानडा लगायतका देशमा नागरिकता त्यागेको प्रमाण लिनुपदैन । उहाँहरुको माग सम्बोधन गर्नेगरी संशोधन भएको छ ।।’
विधेयकमा विदेशको नागरिकता लिएमा स्वदेशको नागरिकता स्वतः जाने व्यवस्था गरिएको छ, जुन व्यवस्था पुरानो ऐनमा पनि थियो । उनले भने, ‘अब कैलाली ठेगाना भएका विदेशी नागरिक भएका गैरआवासिय नेपालीले नेपाली नागरिकता त्यागेको जानकारी गराएर गैरआवासिय नागरिकता लिन सक्छन्, बागलुङ स्थायी ठेगाना भएकाले त्यसैगरी यहीबाट प्रमाण जुटाएर लिन सक्छन् ।’
समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले विधेयकबारे उठेका प्रश्नहरुबारे जवाफ दिएका थिए भने गृहसचिव प्रेम कुमार राईले वास्तविक नेपालीलाई सहज ढंगले नागरिकता दिलाउन र फर्जी नागरिकता वितरणमा कडाई कसरी गर्न सकिन्छ भन्नेबारे आफूहरु गम्भीर भएको जानकारी दिएका थिए ।

Share.

Leave A Reply