०५ जेठ २०८१

स्विट्जरल्याण्डमा प्रधानमन्त्री ओली र बैज्ञानीकहरुबीच अन्तरक्रिया

0

स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको जुरिचमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र बैज्ञानीकहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बैज्ञानीकहरुको संस्था “नेप्सासले” प्रधानमन्त्री के. पी. शर्मा ओलीसँग अर्न्तक्रिया सम्पन्न गरेको हो। स्विट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीसँग अल्बर्ट आईन्स्टान पढेको विश्वविद्यालय ईटीएचमा कार्यक्रम भएको हो।

कार्यक्रम ई. टी. एच ग्लोबल र नेप्सासले संयुक्त रुपमा आयोजना गरेको नेप्सासका अध्यक्ष रञ्जन मिश्रले जानकारी दिए। युनिभसिटीका उपाध्यक्ष प्रोफेसर डेटलेफ गुन्थरले प्रधानमन्त्री शर्मालाई युनिभसिटीमा स्वागत गर्दै युनिभसिटीको ज्ञान र प्रविधी बारे जानकारी गराएका थिए।

यस्तै ईनोभेशन एण्ड अर्न्टप्रेनरशिप ल्यावका संचालक डा. टोमस ब्रेनरले ल्याव संचालन र ल्यावले नव प्रवर्तनलाई  प्रवधन गर्न लगभग १ करोड ७० लाख नेपाली रुपैयाँ प्रत्येक टिमलाई दिँदै आएको बताए।

युनिभर्सिटीको स्टुडेन्ट प्रोजेक्ट हाउस का संचालक डा. मोरिच मुसनुगले हाउसका गतिविधि र विकास बारे प्रकाश पारे। प्रोफेसर उर्सुला रेनोल्डले आफूले नेपाललाई प्राविधिक र व्यावसायिक शिक्षा विकास गर्न स्विस एजेन्सी फर डेभलोमेन्ट करपोरेशन मार्फत गरिरहेका कामका बारेमा जानकारी दिईन्।

स्विट्जरल्याण्डमा लगभग ७०% विद्यार्थी प्राविधिक तथा व्यावसायिक शिक्षा हासिल गर्ने जानकारी दिँदै नेपालको विकासको लागि यस्तो शिक्षा आवश्यक रहेको जोड दिए।

नेप्सासका अध्यक्ष तथा उक्त युनिभसीटीमा क्यान्सर रोगमा अनुसन्धान गर्दै आएका वैज्ञानिक रञ्जन मिश्रले आफू जस्ता विदेशमा अग्रमी प्रविधिका क्षत्रमा अनुभव हासिल गरेका वैज्ञानिक ईन्जिनियरहरु नेपाल फर्केर प्रविधि हस्तान्तरण गर्न तथा देशलाई सुहाउँदो प्रविधि विकास गर्न आतुर रहेको जानकारी दिए।

उक्त कार्यक्रमको बारेमा प्रकाश पार्दै यदि नेपाललाई युनिभसिटीको अनुसन्धान र अध्यापनको गुणस्तर बनाएर त्यसै संगै नवप्रर्वतन प्रयोगशाला र त्यसलाई उद्योग र व्यापारसँग  जोडेमा नेपालमा नै विश्वस्तरीय उद्योग खोल्न सक्ने, जसले रोजगारहरू सिर्जना गर्न सक्ने बताए।

नेप्सासको उपाध्यक्ष तथा स्विट्जरल्याण्डका विश्व स्तरीय कम्पनीमा अनुभव बटुलेका ईन्जिनिएर राकेश चन्द्र प्रजापतिले नेपालमा अन्तरिक्ष सम्बन्धी शिक्षा भित्राउन “ओराएन स्पेशल” संस्थाले गरेका कामका बारेमा जोड दिए।

नेप्ससासका सदस्य तथा उक्त युनिभर्सिटीमा कम्प्युटर भिजनका “शेध” संस्थाका वैज्ञानिक डा. दण्ड पाडी पौडेलले नेपालकै अग्रिम अनुसन्धान संस्था “नामी” ले आर्टिफोसियल इन्टेलिजेन्स जस्तो प्रविधि नेपाल पुर्याएको जानकारी गराए थिए।

आफू काम गर्ने संस्था  “शर्न” संसारको आठौं स्थानमा आश्चर्य लाग्दो संस्था हुन सक्ने जानकारी गराउँदै भौतिक शास्त्री डा. सुयोग श्रेष्ठले नेपालमा सुपर कम्यूटर ल्याव बनाउन समन्वय गरेको यस्तो ल्याव नेपालको सबै प्रदेशमा बनाउने सपना रहेको जानकारी गराए।

कार्यक्रमको अन्त्यमा प्रधानमन्त्री के. पी। शर्मा आलीले कार्यक्रममा बिताएको समय उत्कृष्ट र प्रेरित भएको बताए। साथै उनले नेपाली तथा विदेशी वैज्ञानिकहरुलाई प्राविधिक हस्तान्तरण र सहयोग गर्न आव्हान समेत गरे।

प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरुले देखाएको उत्साहले साच्चैनै नेपालको नवप्रर्वतन उद्यमशिलतामा ठुलो फड्को मार्न सक्ने आयोजक संस्था नेप्सासले जनाएको छ। यस अभियान सहयोग गर्न युनिभसिटीका प्रतिनिधिहरु एण्डर हागस्ट्रोम, प्रोफेसर माथियस पिटर र स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले प्रतिबद्धता जनाएका छन्।

नेप्सासले प्रविधि नेपालमा हस्तान्तरण तथा नवप्रवर्तन प्रवर्धन गर्न सम्मेलन, कार्यशाल तथा गोष्ठीहरु  गत तीन वर्ष देखि नेपाल र स्विट्जरल्याण्डमा गर्दै आएको छ।

Share.

Leave A Reply