०६ जेठ २०८१

स्विट्जरल्याण्डमा ‘एभरेष्ट डे’ कार्यक्रम सम्पन्न

0

विगतका वर्षहरुमा झैँ यस पटक पनि स्विट्जरल्याण्डमा एभरेष्ट डे कार्यक्रम सम्पन्न भएको छ ।
गत आईतबार स्विट्जरल्याण्डको राजधानी बेर्नमा एभरेष्ट डे अन्तर्गत संस्कृति र मानव बीचको संगम विन्दू हिमालहरु (Mountains: Connecting Cultures and Peoples) नामक कार्यक्रम सम्पन्न भएको हो ।
बिगतका केही वर्षहरुदेखि अत्यन्तै उत्साहका साथ नेपाली तथा स्विस नागरिकहरुले मनाउँदै आएको उक्त कार्यक्रम नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत डा. थोमस गासको प्रमुख आतिथ्यता र स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धितालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाली नागरिकहरु मात्र होइन स्थानीय स्विस नागरिकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपालमा पर्यटन प्रवर्धन गर्ने उद्देश्य सहित केहि वर्षदेखि उक्त कार्यक्रम नियमित रुपमा सञ्चालन हुँदै आएको छ । कार्यक्रमका माध्यमबाट नेपाली र स्वीस नागरिक बीच सदभावपूर्ण सम्बन्धको निरन्तरतामा पनि बिशेष जोड दिने गरिएको छ।


कार्यक्रममा उपस्थित प्रमुख अतिथि नेपालका लागि स्विट्जरल्याण्डका पूर्व राजदूत डा. थोमस गास, स्विटजरल्याण्डका लागि नेपाली राजदूत महामहिम दीपक धिताल, गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष भूमीराज गुरुङ र स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्थुलले मन्तव्य मार्फत आ-आफ्ना विचार व्यक्त गरेका थिए। सोही मन्तव्यका क्रममा कार्यक्रमका प्रमुख अतिथी डा. थोमस गास (Thomas Gass) ले स्विटजरल्याण्ड र नेपाल बीच धेरै समानता रहेको बताउँदै दुबै देश वीच ५९ बर्षको दिगो अनि सुमधुर सम्बन्ध रहेको बताउनु हुँदै उक्त द्वीपक्षीय सम्बन्धलाई आगामी दिनहरूमा अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिएका थिए ।
स्विट्जरल्याण्डका लागि नेपाली राजदुत महामहिम दीपक धितालले हिमालहरु भनेका दुवै देशलाई जड्ने पुल हुन भन्दै स्विट्जरल्याण्डले विभिन्न बाधा अड्चनका वावजुद creativity एवं innovation का कारण आज संसार मै आफ्नो महत्व र अस्तित्व कायम गर्न सफल भएको बताए । स्विटजरल्याण्डले नेपालको विकासका क्रममा गरेको योगदानको बारेमा बताउँदै टोनि हागन, थोमस गास जस्ता व्यक्तित्वहरूले गरेको योगदानको प्रशंसा गर्नुका साथै swiss development cooperation र swiss सरकारले नेपालमा गरेका प्रोजेक्टहरुको बिस्तृत चर्चा गर्दै आउँदा दिनहरूमा पनि नेपालको विकासक्रममा स्विट्जरल्याण्डको ठूलो भूमिका रहने बताए ।


उक्त कार्यक्रममा दर्शकहरुमाझ नेपाल पर्यटन बोर्डले तयार पारेको भिडियो देखाइएको थियो ।
गैर-आवासीय नेपाली संघ, स्विट्जरलयाण्डले तयार गरेको नेपाली भित्ते पात्रोका प्रायोजकहरूलाई राजदूत धिताल र संघका उपाध्यक्ष शिव लिम्बुले प्रमाण पत्र र नेपाली भित्ते पात्रो वितरण गरेका थिए।
सहभागीहरूको मनोरञ्जनका लागि स्थानीय कलाकारहरूले नेपाली संस्कृति झल्कने बेजोड नृत्य र गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्त्यमा तीर्थ राज वाग्लेले कार्यक्रमलाई सहफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सबै महानुभावहरूलाई धन्यबाद ज्ञापन गरेका थिए।
बेर्न समाजको सहकार्यमा सहभागीहरूकालागि स्वादिष्ठ नेपाली खानाको व्यवस्था गरिएको थियो।
कार्यक्रमको सञ्चालन अन्तरा सिङले गरेकी थिइन।

Share.

Leave A Reply