०६ जेठ २०८१

दुई बालबालिकालाई कल्पना फाउन्डेसनले पढाउने

0

नवलपुर ।

कल्पना फाउन्डेसन नेपालले विजय निमावि गैडाकोट नवलपुर मा अध्ययनरत गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरू लाई यस वर्ष पनि छात्रावृत्ति प्रदान गरेको छ । २०७ ४ चैत ३० गते विद्यालयमा एक विशेष समारोहको आयोजना गरी फाउन्डेसनले सो छात्रावृत्ति प्रदान गरेको हो । छात्रावृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा ६ मा अध्ययनरत छात्रा चिनिमाया खाम्चा र कक्षा ४ मा अध्ययनरत छात्र साजन पौडेल रहेका छन् । उनिहरु दुबै मजदुरी गरेर दैनिक छाक टार्ने परिवारका बालबालिकाहरु हुन, गरिब र विपन्न परिवारमा जन्मेर पनि अनुशासित यी छात्रा-छात्र पढाइमा भने अब्बल छन। छात्रवृत्ति प्राप्त गरेका ती विद्यार्थीहरू कक्षा प्रथम त हुन नै त्यसको साथै चिनिया विद्यालयको सर्वप्रथम हुन भने साजन बिद्यालयको तृतीय भएका छन । अत्यन्त गरिब परिवारमा जन्मेका बिद्यार्थीहरु कोहि पनि पढाई बाट बन्चित हुन नपरोस् भनेर फाउन्डेसनले विगत चार वर्षदेखि यसै गरी छत्रावृत्ति प्रदान गर्दै आई रहेको छ ।

छात्रवृत्ति बितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैंडाकोट नगर पालिका ८ वडा अध्यक्ष तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालले कल्पना पौडेल “जिज्ञासु” जस्तो सहयोगी र समाजसेवी ब्याक्तित्व गैंडाकोटले पाउनु समग्र नगरको लागि खुसीको कुरा रहेको बताउदै आफु सो कार्य बाट उत्साही भएको र सम्पुर्ण उपस्थित जनसमुदायलाई यस प्रकार को सहयोग गरि समाजमा अनुकरणीय भुमिका खेल्न समेत उपस्थित सबैलाई आग्रह गर्नु भयो। ” कल्पना जि विदेशमा पसिना बगाउन गएर नेपालका दुखी, गरिब असहाय र समस्यामा परेका बालबालिकालाई आफ्नै छोराछोरी सम्झेर एउटा कुशल अभिभावक बन्नको लागि तयार बन्दै गरिब तथा जेहेन्दार छात्रवृत्तिको यो सिलसिला सुरु गर्नु भएको छ” उहाँलाई जनप्रतिनिधि र बिद्यालयको अध्यक्षको हैसियतले मैले बिशेश धन्यवाद दिन चाहान्छु ।

प्रधानाध्यापक पराजुलीले आफ्नो मन्तव्य राख्ने क्रममा कल्पना फाउन्डेसन बारे प्रष्ट पार्दै भन्नू भयो कल्पना फाउन्डेसनले २०७२ सालमा पहिलो छात्रवृत्ति दिदा यो समझदारी भएको थियो कि “बिद्यालयका गरिब तथा जेहेन्दार दुई विद्यार्थीहरूलाई विद्यालय स्तरको अध्ययन अवधिभरि कापी, कलम, ड्रेस आदिमा लाग्ने सम्पूर्ण खर्च यही छात्रवृत्तिको रकमबाट प्रदान गरिने छ।” साथै उहाँले यति राम्रो काम को सुरुवात गर्ने कल्पनाजी को अभियानमा सबैले सहयोग गर्नु पर्ने छ, यो महान कार्यलाई बिद्यालय परिवार र सम्पुर्ण अभिभावकले महत्त्वपूर्ण ढंगले हेरिएको र उहाँ लाई सम्मानित ब्याक्तित्व रुपामा बिधालय परिवारको जिम्मेवार सदस्यको रुपमा राखिएको समेत बताउनु भयो । उहाँले थप्नु भो ” धेरैले आफ्नै सन्तानका बारेमा मात्र सोच्दछन्, उनीहरूको खुशीका निम्ति मात्र कमाउँछन् । तर कल्पनाजीले समाजका असहाय बालबालिकाका निम्ति यति राम्रो अभियान सुरु गर्नु भयो । उहाँको यो कार्यबाट अरूले पनि पाठ सिक्नु जरुरी छ ।” फाउन्डेसनले प्रदान गरेको छात्रवृत्तिको यो रकम छात्रवृत्ति प्राप्त गर्ने दुई विद्यार्थीका नाममा छुट्टा छुट्टै खाता खोली सहकारी संस्थामा राखिएको छ । विद्यालयका एक शिक्षकको संरक्षकत्वमा किसान वचत तथा ऋण सहकारी संस्थामा दुवै बालकको नाममा खाता खोली सो रकम राखिएको बिद्यालय का एक शिक्षक ले बताए । संस्थाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” रोजगारीका सिलसिलामा लामो समय इजरायलमा कार्यरत रही अहिले स्वदेश फर्किनु भएको छ । कल्पना फाउन्डेसनलाई बैधानिक रुपमा दर्ता गरि विभिन्न सामाजिक कार्यहरू मा सहयोगी भुमिका खेल्नुको साथै महिला, बालबालिका र अशक्त असहाय मानव केन्द्रित कार्यहरूको लागि बृहत् उदेश्य राखेर समाजमा विशेष सहयोगी भुमिका खेल्ने संस्थाका संस्था दर्ता गरिएको उक्त संस्थाका सचीव संजाल शर्मा ले बताउनु भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिलाराम रिजालको अध्यक्षता र शिक्षक तारा रिजालको सञ्चालनमा अघि बढेको सो समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Share.

Leave A Reply