०५ जेठ २०८१

बिरेन्द्र बियरको स्विट्जरल्याण्डमा चर्चा, बियरको बिक्रीमा प्रतिबन्ध लगाउन नेपाली राजदूतको आग्रह

0

स्विट्जरल्याण्डको जुरिखमा उत्पादन गरी बजारमा आएको बिरेन्द्र बियरको चर्चा स्विट्जरल्याण्ड देखि नेपालसम्म हुँदै सामाजिक सञ्जालमा समेत चुलिएपछि स्विट्जरल्याण्डमा उक्त बियरको विक्री वितरणमा प्रतिबन्ध लगाउन स्विट्जरल्याण्डका लागि नेपाली राजदूतले आग्रह गरेका छन्।

स्विट्जरल्याण्डको जुरीखस्थित बियर ब्राण्ड कम्पनी टुर्बिनब्राउ आगे  (Turbinbräu AG) ले नेपालका पूर्व राजा स्व. विरेन्द्रको नाममा बियर उत्पादन गरी बजारमा ल्याएको उक्त बियरको सामाजिक सञ्जाल मार्फत स्थानीय तहसम्म सकारात्मक तथा नकारात्मक दुबै खाले चर्चा चुलिएपछि  स्विट्जरल्याण्डको स्थानिय टेलिभिजन र पत्रपत्रिकाहरुमा उक्त विषयले स्थान पाएको छ।

२५ अप्रिल बुधबारका दिन स्विट्जरल्याण्डको स्थानिय टेलिभिजन टेलि जुरीले आफ्नो मुख्य समाचारमा बिरेन्द्र बियर सम्बन्धी २ मिनेट ३७ सेकेण्डको भिडियो सहितको समाचार बनाई प्रकाशित गरेपछि उक्त विषयको चर्चा अझ बढी चुलिएको हो । टेलि जुरी टेलिभिजन मार्फत प्रशारित उक्त भिडियोमा  बिरेन्द्र नामक बियर बनाउन कसरी सुरु गरियो र बजारमा आयो भन्ने विषयदेखि स्विट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले उक्त नामको बियरको बिक्री बितरणमा प्रतिबन्ध लगाउन आग्रह गरेको टेलिफोन सम्वाद समेत प्रस्तुत गरिएको छ।

स्थानीय टेलिभिजनमा बिरेन्द्र बियर सम्बन्धी समाचारको भिडियो हेरेपछि जेनेभा स्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरी राजदूत दीपक धितालसंग हामीले बिरेन्द्र नामक बियर बेच्न प्रतिबन्ध लगाउन आग्रह गरिएको बिषयमा कुराकानि गरेका थियौँ ।  उक्त कुराकानीका क्रममा नेपालका पूर्व राजा स्व. बिरेन्द्रको तस्बीर बियरको लेबलमा राखेर बियर बेच्न नपाईने, यस्तो बिषयमा पूर्व अनुमति लिनु पर्ने कुरामा जोड दिँदै नेपालीहरुको सांस्कृतिक संवेदनशीलतालाई यस प्रकारका विषयहरुले असर गर्ने हुँदा उक्त विषयमा जुरीख स्थित बियर ब्राण्ड कम्पनी टुर्बिनब्राउ आगेलाई बिरेन्द्र बियरको उत्पादन नगर्न र नबेच्न अनुरोध गरिएको राजदूत धिताले बताए।

स्मरण रहोस् नेपाली टिमुरबाट बनेको ४.७ अल्कोहलको मात्रा रहेको ३३० एमएलको उक्त बियरको बोतलमा वीरेन्द्र नाम लेखिएको छ भने नेपाली ढाका टोपी लगाएको नेपालका पूर्व राजा स्वर्गीय वीरेन्द्रको फोटोमा हातमा बियर लिएको तस्बीर सहित नेपालको मठ मन्दिर र हिमालको तस्बीर छापिएको छ। बियरको पोष्टरमा THIS BEER IS KING ! लेखिएको छ। जुरीख निवासी शशि शंकर यादवले उक्त बियर पिएको फोटो आफ्नो फेसबुकमा राखेपछि सोसियल मिडियामा राजा बिरेन्द्रको फोटो र नाम सहितको उक्त बियरको चर्चा चुलिएको थियो।

स्वीस स्थानिय टेलिभिजन टेलि जुरीले प्रकाशित गरेको भिडियो यो लिंकमा हेर्ने सकिन्छ।

https://www.telezueri.ch/62-show-zuerinews/23464-episode-mittwoch-25-april-2018#zuercher-bieridee-wird-zur-staatsaffaere

Share.

Leave A Reply