०६ जेठ २०८१

नेपाली जनप्रगतिशील मञ्च यूरोपद्वारा शुभकामना व्यक्त

0

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता एवम् महान् विचारक लेनिनको १४९ औँ जन्म दिवसको अवसरमा नेपाली जनप्रगतिशील मञ्च यूरोपले शुभकामना व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा मञ्चले एक विज्ञप्ति जारी गर्दै नेपाल लगायत विश्वभरीका श्रमजिवी जनतामा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछ भनेको छ । विज्ञप्तिमा अगाडि भनिएको छ सर्वहारा वर्गको मुक्तिको लागि आफ्नो प्राणको उत्सर्ग गर्ने नेपाल लगायत संसारभरिका महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै सम्मान व्यक्त गर्दछ ।
विज्ञप्तिमा भनिएको छ लेनिनको जन्म दिवसको अवसर पारेर आजभन्दा ६९ वर्ष पहिले अर्थात सन् १९४९ अप्रील २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरिएको भएतापनि कम्युनिष्ट आन्दोलन अनेकौं आरोह अवरोह, घुम्ति र मोडहरु पाद गर्दै विभिन्न विचार समूहमा विभाजनको शिकार भयो । पार्टी स्थापनाको प्रारम्भ मै राणा विरोधी आन्दोलन, त्यसपछि निरंकुश पञ्चायती व्यवस्था र राजतन्त्र विरोधी पटक पटक गरिएका आन्दोलनहरु महान् जनयुद्ध र जनआन्दोलन जस्ता शान्तिपूर्ण र सशश्त्र संघर्षबाट प्राप्त भएको राजनैतिक परिवर्तनद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल अहिले जनताद्वारा लिखित नयाँ संविधानको कार्यान्वयन गर्दै जनताका अधिकारलाई गाउँ गाउँसम्म पुर्याउन सफल भएको विज्ञप्तिमा भनिएको छ ।
मञ्चका यूरोप अध्यक्ष कृष्ण प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ नेपालको राजनैतिक परिवर्तनले आगामी दिनमा विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरु बीच एकता सम्पन्न गर्दै नेपाली समाजलाई समाजवादी दिशामा अगाडि बढ्न महत्वपूर्ण आधारशिला तयार पारेको छ भन्ने हामीले विश्वास लिएका छौँ । भर्खरै सम्पन्न निर्वाचनमा नेपालका बामपन्थी घटक बीचको चुनावी एकताले निकट भविष्यमा हुने पार्टी एकताका लागि प्रेरणा दिएको छ । यस सुनौलो अवसरको सदुपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान सबै बामपन्थी राजनैतिक शक्तिहरु एकतावद्ध भै अगाडि बढ्न मञ्चले हार्दिक अपील गरेको छ ।
मञ्चले समानताका आधारमा गरिने एकता नै बलियो र स्थायी प्रकृतिको हुन्छ भन्ने कुरा मनन गर्दै बामपन्थी पार्टीहरुको एकता हुन नदिन प्रतिक्रियावादी शक्तिहरु अनेक रुपमा आउन सक्ने कुरामा पनि उत्तिकै सचेत रहन सबै नेताहरुको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा पार्टी निर्माणको लागि गरिने बहस र छलफल ईमान्दारिपूर्वक विवाद समाधान गर्नै दिशामा लक्षित रहोस् भन्दै नेपाली जनताको चाहना अनुसार स्पष्ट विचार र निर्दिष्ट लक्ष सहित एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्न पार्टी स्थापना दिवस र सर्वहारा वर्गका महान् विचारक तथा साम्यवादी नेता क. लेनिनको जन्म दिवसले थप प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना समेत व्यक्त गरिएको छ ।

Share.

Leave A Reply