२४ वैशाख २०८१

एनआरएन केन्द्रिय मिडिया समितिमा रानाभाट पुन: मनोनित

0

गैरआवासीय नेपाली संघको केन्द्रीय मिडिया समितिमा पत्रकार बसन्त रानाभाट पुन: दुई बर्षका लागि मनोनित भएका छन्।

अनलाईनखबरका युरोप संयोजक तथा नेपालीनेपाली डटकममा प्रधानसम्पादकको रुपमा कार्यरत स्पेनको बार्सिलोना निबासी पत्रकार रानाभाट एनआरएनको मिडिया तथा पब्लिकेशन समितिको सदस्यमा २०१७-२०१९ कार्यकालका लागि मनोनित भएका हुन्।

यस अघि २०१५- २०१७ को कार्यकालमा पनि रानाभाटले आफ्नो जिम्मेबारी कुशलता पुर्बक निर्बाह गरेका थिए। २७ वटा राष्ट्रिय समन्वय परिषदहरु रहेको युरोप क्षेत्रका गतिबिधिहरुलाई एनआरएन केन्द्रमा अर्थ पूर्ण रुपमा हेर्ने गरिन्छ।

गैरआवासीय नेपाली संघका प्रबक्ताभूषण घिमिरे संयोजक रहेको समितिमा  हेमन्त काफ्ले (अष्ट्रेलिया),विजय घिमिरे (अमेरिका) र  चिरन शर्मा (बेलायत) सहसंयोजकमा मनोनित भएका छन्। यस्तै सदस्यहरुमा डिल्ली ढकाल (अष्ट्रेलिया),बुध्दिसागर घिमिरे (न्यूजिल्याण्ड),रामचन्द्र गिरी (मलेसिया),किसन राई (हङकङ),आनन्द कोइराला (जापान),दिल कुमार श्रेष्ठ (कतार), मेघराज सापकोटा (युएई), नवराज वि क (कतार),शुक्र लामा (साउदी अरबिया),फणिन्द्र भट्टराई (बेलायत),प्रजय शुक्ला (बेलायत),होम प्रसाद लम्साल (अमेरिका),आङ छिरिङ शेर्पा, (अमेरिका) र गोकर्ण लामिछाने (क्यानडा) रहेका छन्।

Share.

Leave A Reply