१४ वैशाख २०८१

भारतीय हस्तक्षेप बिरुद्ध स्विट्जरल्याण्डको राजधानी बेर्नमा बिरोध प्रदर्शन

0

२९ सेप्टेम्बर २०१५, स्विट्जरल्याण्ड। भारतले नेपालमा गरेको हस्तक्षेप र नाकाबन्दीको बिरोध गर्दै स्विट्जरल्याण्डको राजधानी बेर्नमा नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्ड, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्ड र प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको संयुक्त आयोजनामा स्विट्जरल्याण्डबासि नेपालीहरुले बिरोध प्रदर्शन गर्दै बेर्न स्थित भारतीय दुतावासमा ज्ञापन पत्र बुझाएका छन्।

स्विट्जरल्याण्डको बिभिन्न शहरहरुबाट आएका नेपालीहरु बेर्नको हेल्भेटियाप्लाजमा जम्मा भई सार्वभौम राष्ट्र नेपाल माथि भारतले गरेको नाकाबन्दी र हस्तक्षेपको बिरोध गर्दै प्ले कार्ड, संस्थाहरुको ब्यानर र नेपाली राष्ट्रिय झण्डा सहित लिएर चर्को नारा लगाएका थिए।

उक्त ज्ञापन पत्र बुझाउनको लागि स्वीस प्रहरीले प्रदर्शनकारी मध्येबाट ५ जना मात्र दुतावास प्रवेश गर्न पाउने जानकारी गराएका थिए। स्थानीय प्रहरीको कडा सुरक्षाका साथ प्रदर्शनकारी मध्येबाट ५ जनालाई मात्र भारतीय दुतावास भित्र प्रवेश गर्न अनुमति भएको भनिएता पनि ६ जनालाई दुतावास भित्र प्रवेश गर्न दिएको थियो।

नेपाली ऐक्यबद्धता मञ्च स्विट्जरल्याण्डका अध्यक्ष अच्युत फुयाल, नेपाली जन सम्पर्क समिति स्विट्जरल्याण्डका अध्यक्ष राम कुमार महत्तो, प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डका अध्यक्ष सञ्जय मुडवरी, पत्रकार द्वय हिरालाल श्रेष्ठ र युवराज फुयाल, त्यसै गरी त्यहाँ चान्स बस आई पुगेका बेर्न नेपाली समाजका अध्यक्ष बिष्णु थापा सहितको टोली नेपाली राष्ट्रिय झण्डा लिएर भारतीय दुतावास भित्र प्रवेश गरेको थियो। नेपालको संबिधानसभाले बनाएको संबिधान प्रति भारतले असन्तुष्टि जनाएर नेपाल माथि भारतले गरेको नाकाबन्दी र हस्तक्षेप अर्न्तराष्ट्रिय कानुन विपरित भएको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरिएको ज्ञापन पत्र भारतीय दुतावास, बेर्नका सहायक राजदुतलाई बुझाईएको थियो। दुतावास भित्र प्रवेश गरेका ति टोलीले ज्ञापन पत्र बुझाएर बाहिरिने क्रममा भारत बिरुद्ध नाराबाजी गर्दै निस्केका थिए। उक्त ज्ञापन पत्र भारतको सम्बन्धित निकायमा छिटै पठाइदिने उक्त दुतावासका सहायक राजदुतले बताए। दुतावास भित्र भिडियो र अडियो रेकर्ड नगर्न भन्दै नेपाल र नेपाली जनतासंग आफ्नो व्यक्तिगत रुपमा धेरै राम्रो सम्बन्ध रहेको उनले बताएका थिए।

त्यसै गरी उक्त बिरोध प्रदर्शनमा प्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डका संयोजक प्रविन थापा, गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरुङ र बिभिन्न नेपाली संघ-संस्थाका पदाधिकारीहरुको उपस्थिति रहयो।

स्थानीय समय अनुसार दिनको ३-४ बजे, २८. ०९. २०१५ मा बिरोध प्रदर्शन गर्दै उक्त बिरोध सभा बिसर्जन गरिएको थियो।

12022367_967649769961132_6615364248798326233_o 12028693_967649786627797_1987059339562319440_o 12029706_967650326627743_731077630514242208_o 12034470_967650269961082_1761466009679398056_o 11013196_967659883293454_8969420598838356634_o12045353_967648696627906_4037138650927346601_o11935157_967659896626786_6456322079617986283_o

Share.

Leave A Reply