१४ वैशाख २०८१

हिराबल गुरूङको धन्यबाद ज्ञापन

0

आदरणीय गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका सदस्य मित्रहरु, दाजुभाई दिदीबहिनीहरु,

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको गत १६ अगष्ट २०१५ मा सम्पन्न चौथो राष्ट्रिय अधिवेशनमा सहभागी भई उक्त अधिवेशनलाई सफल बनाउनु भएकोमा म सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु। साथै संस्थाको निवर्तमान कार्य समिति, बिधान संशोधन समिति र निर्वाचन समितिले अधिवेशनका क्रममा निभाएको भूमिकाको प्रशंसा गर्दै धन्यबाद ब्यक्त गर्दछु। त्यसै गरी मलाई आफ्नो अमूल्य मत प्रदान गर्ने सबैमा म कृतज्ञता ज्ञापन गर्दछु। तपाईहरुले प्रदान गर्नु भएको विश्वास र सबैको आकांक्षा अनुरुप अघि बढ्ने म सदैव प्रयास गर्नेछु।

आदारणीय मित्रहरु, दाजुभाई दिदीबहिनीहरु, अधिवेशनका क्रममा सम्पन्न निर्वाचनमा जर्मनिबाट आउनु भएका पर्यवेक्षक श्री दावा शेर्पा, निर्वाचन समितिका सदस्यहरु, उम्मेद्वारका निर्वाचन एजेन्टहरु र स्वयंसेवक मित्रहरुले खेल्नु भएको निस्वार्थ सेवा र भूमिकाको म उच्च मूल्यांकन गर्दछु।

अन्त्यमा सहभागिता, एकता र सहमतिको अवधारणा समय र समाजको माग र आवश्यकता हो भन्नेमा म पूर्ण विश्वस्त छु। सहभागिता, एकता र सहमतिका माध्यमले गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको सवलीकरणमा निरन्तर लाग्नेछु। तपाईहरुको सल्लाह र तपाईहरुले देखाउनु हुने बाटो नै मेरो बाटो हुनेछ।

तपाईहरुको सल्लाह र सहयोगको अपेक्षा सहित,

हिराबल गुरूङ

अध्यक्ष

गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद

स्विट्जरल्याण्ड

Share.

Leave A Reply