१४ वैशाख २०८१

एन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा हिराबल गुरूङ द्वारा उमेद्वारी घोषणा

0

०६ जुलाई २०१५, स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ स्विट्जरल्याण्डका निवर्तमान महासचिव एवं नेपाली सरोकार मञ्च बेर्नका भुतपूर्व अध्यक्ष हिराबल गुरूङले गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गरेका छन्। सन् २०१३ मा संस्था र समाजको एकताको लागि आफ्नो उमेद्वारी फिर्ता लिएको बताउदै उनले यस पटक समावेशिता, सहमति र एकताका माध्यमले सबल र प्रभावकारी एन. आर. एन. ए. स्विट्जरल्याण्डको लागि आफ्नो प्रतिबद्धता जनाएका छन्। साथै एन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा रहि संस्था र नेपाली समाजको सेवा गर्ने मौका मिलेमा उनले एन. आर. एन. ए. स्विट्जरल्याण्ड लाई एक छाता संस्थाको रुपमा विकसित गर्दै स्विट्जरल्याण्ड भित्रका सबै संघ-सस्थाहरु संग सहकार्य गर्ने कुरामा जोड दिएका छन्। घोषणा पत्रमा उनले यस सन्दर्भमा स्विट्जरल्याण्ड बासी नेपालीहरु संग छलफल गर्दै गरेको र प्राप्त सल्लाह र उनको विश्लेषणका आधारमा कार्यकाल २०१५ – २०१७ लागि आफ्नो एजेन्डाहरु तय गरेको बताएका छन्। उलने प्रस्तुत गरेका एजेन्डाहरुमा एन. आर. एन. ए. स्विट्जरल्याण्ड लाई छाता संस्थाको रुपमा विकास गर्ने, स्विट्जरल्याण्डका सबै संघ-संस्थाहरु संग सहकार्य गरि कार्यक्रम बार्षिक तालिका निर्माण गर्ने, नेपाली भाषा साहित्य र पत्रकारीताको प्रवर्धनका लागि स्विट्जरल्याण्डका दुबै मिडियाहरु संग सम-दुरीमा रही सहकार्य गर्ने, निर्वाचित भएको एक बर्ष भित्र नेपालमा एक प्रोजेक्ट सुरु गर्ने, संस्थाको वेबसाइट र “नेपालय“ बुलेटिनलाई पुनः संचालन गर्ने, सदस्यता विरतण प्रकृयालाई सरलिकरण गर्ने, स्थानिय कलाकार र खेलाडीहरुलाई प्रोत्साहित गर्ने गरि साँकृतिक एवं खेलकूद कार्यक्रमहरु गर्न र संस्थालाई आर्थिकरुपमा सबल बनाउने जस्ता कुरा खुलाईएको छ।

घोषणा पत्रको पूर्णपाठः  घोषणा पत्र-हिराबल गुरुङ

Share.

Leave A Reply