१४ वैशाख २०८१

नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको अपिल

0

‘हामी नेपाली एकजुट हौ ,नेपालका लागि नेपालीले गरौं’

नेपालमा भूकम्प बाट हुन गएको अकल्पनिय मानबिय ,एतिहासिक संस्कृति र सम्पदाका धरोहरहरु उजाड बनाउदै भौतिक धनजनको क्षतिले मर्माहत बनाएको छ ।देशको बिभिन्न ठाउमा गएको भूकम्पले दिएको अपुरणीय क्षति प्रति नेपाली जन सम्पर्क समिति स्विजरल्याण्ड गहिरो दुख ब्यक्त गर्दै दिबंगत आत्माहरु प्रति हार्दिक समवेदना प्रकट सहित शोक सन्तप्त परिवारमा ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ ।

प्रकृतिले हामि लाई यति निर्दयी प्रहार गर्दै सबैलाई रुवाएको त छदैछ त्यो सगै दुखद घडीमा घाईतेहरु छटपटाई रहनुका साथै पिडितहरुको आवास र औषधी ,लत्ता कपडा लगायत गासको व्यवस्था सहित घॉउमा जति सक्दो मलम लगाउनु साथै तत्काल राहत पुर्याउन जरुरी भएकाले बिषम परिस्थितीलाई मध्यनजर गर्दै नेपालबाट आउनु भएका ख्याती प्राप्त लोक गायक मिलन लामा संगै नेपाली जन सम्पर्क समिति स्विजरल्याण्डले भोलि बिहान ११ बजे जुरिच रेल्वे स्टेशनमा आथिक संकलन अभियान गर्न लागिएको जानकारी गराउदै सम्पुर्ण नेपाली दाजु भाइ दिदीबहिनी हरुमा उपस्थित भई दिनु हुन् हार्दिक अनुरोध गर्दछौ साथै उहा संग हामीले केहि लत्ता कपडा पनि पठाउन लागिएकोले आफु सग भएका दान गर्न मिल्ने कपडा पनि लिएर उपस्थित भई दिनु हुन् पनि अनुरोध छ | साथै जन सम्पर्क समिति स्विजरल्याण्डले पीडितका लागि राहत संकलन कार्य शुरु गरेको जानकारी गराउदै तपाई हाम्रो सानो सहयोगले पनि दैबी विपत्तिको मारमा पर्नु भएका सम्पूर्णलाई ठुलो राहत मिल्ने छ तसर्थ निम्न लिखित व्यक्तिहरु सग सम्पर्क गरि आफुले सक्दो सहयोग गरिदिनु हुन् सम्पूर्ण स्विजरल्याण्डवासी नेपाली दाजुभाई दिदिबहिनि हार्दिक अनुरोध गर्दछौ |

सहयोगका लागि सम्पर्क व्यक्ति

राम कुमार महतो जुरिच -०७६५८६५४५६

बिष्णु प्रसाद थापा बर्न – ०७९३८७०९०१

श्याम सापकोटा जेनेभा – ०७८६७४७४४५

हिरालाल श्रेष्ठ आरगाउ – ०७६५३६७६३४

तेम्पा गुरुङ सरगांश – ०७८६५४०३४२

कृष्ण गुरुङ बर्न – ०७८९०८८०३१

तिलक थापा अराउ ०७७९४१४६३२

 

 

 

 

Share.

Leave A Reply