१९ वैशाख २०८१

पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि नेपालमा एचपिभी खोप सुरुवात हुँदै

0

काठमाडौँ, चैत १७ गते । सरकारले महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी ह्युमन पापिल्लोमा भाइरस० नामक खोप दिन सुरु गर्ने भएको छ । नौदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ६/६ महिनाको अन्तरमा दुई पटक खोप लगाउँदा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले जनाएको छ ।

दक्षिण एसियामा भारतबाहेक अन्य देशले यो खोपको सुरुवात गरिसकेका छन् भने जापान, अमेरिका, क्यानडा, दक्षिण अफ्रिकालगायत देशले प्रयोगमा ल्याइसकेका छन् । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले चितवन र कास्कीबाट यसैवर्ष सो खोपको सुरुवात गर्ने तयारी गरिरहेको छ ।

खोपका लागि गाभी नामक अन्तर्राष्ट्रिय संस्थाले मन्त्रालयलाई आर्थिक सहयोग गर्ने भएको छ । ती दुई जिल्लाका करिब १५ हजार बालिकामा खोप लगाइसकेपछि यसका आधारमा मन्त्रालयले अन्य जिल्लामा कार्यक्रम विस्तार गर्ने डब्लुएचओका खोपविज्ञ डा सन्तोष गुरुङले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा करिब दुई हजार ५०० महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित हुने गर्छन् । यो आँकडा सातवटा क्यान्सर अस्पतालमा आउने बिरामीका आधारमा प्रक्षेपण गरिएको हो ।

यसैबीच, यो खोपबारे जानकारी गराउन डब्लुएचओद्वारा आयोजित चारदिने बैठक काठमाडाँैमा जारी छ । बैठकमा नेपालसहित बङ्गलादेश, म्यान्मार, भुटान, कम्बोडिया, श्रीलङ्कासहित विश्व स्वास्थ्य स¬ङ्गठनको मुख्यालय जेनेभा, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष, राष्ट्र सङ्घीय बालकोषका प्रतिनिधिको सहभागिता रहेको छ ।

चारदिने सो बैठकमा डब्लुएचओका नेपाल प्रतिनिधि डा लिन वाङले पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपिभी खोप सुरक्षित भएको डब्लुएचओले प्रमाणित गरिसकेकाले यसलाई समुदायमा लान आवश्यक छ भन्नुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्र उप्रेतीले महिलाको स्तनमा भन्दा पाठेघरको मुखमा बढी क्यान्सर हुने गरेको बताउनुभयो । रासस

Share.

Leave A Reply