स्विसको राजधानी बेर्नमा स्थाई रुपमा करिव ४० देखि ५० जना को हाराहारीमा बसोवास गर्ने नेपाली हरुको शाझा संस्था “नेपाली सामाजिक सरोकार मंच ” NESCOF द्वारा नेपालमा आएको विनासकारी भुकम्प पिडीतहरुलाई आपतकालीन राहतको लागि रकम संकलन गरि यस संस्थाका अदध्क्ष्य श्री बिष्णु प्रसाद थापा ले NRNA सदस्य श्री फणिन्द्र पन्त को रोहोवारमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको खाता ” सानिमा बैंक अलकापुरी ,काठमाडौँ मा ४५०५  (चार हजार पाँच सय पाँच ) स्विस फ्रान्क जम्मा  गर्नु भएको छ।
 यो विपतको घडीमा भुकम्प पिडीतहरुको लागि राहत वितरण कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुका बीच गैरआवासीय नेपाली संघले खेलेको भूमिका,  भुकम्प प्रभावित क्षेत्रमा पुगी प्रभावकारी ढंग बाट राहत वितरणमा देखाएको सहभागिता अनि क्षेती ग्रस्त संरचनाको पुनर्निर्मणमा केन्द्रित हुने योजना  अति नै सह्रानीय छ। यो संस्थाको योगदान नेपाल र नेपाली ले सधैं आत्मसात गर्ने छ।
उक्त रकम बेर्नवासी साथीभाई तथा आफन्त हरुबाट करिव २००० स्विस फ्रान्क र ” Fund -Raising Camping ” बाट  करिव २५०५ स्विस फ्रान्क संकलन गरेको थियो। तपाईं हामी आफ्नो मातृभूमि देखि टाढा बसे पनि यस्तो प्रकृति-प्रकोप आइ परेको बेलामा सबै जनाले एकआपसमा भाइचारा ,सहानुभूति र  सहयोगी हात बढाउनु को साथै एक्यबद्धता जनाउनु हुने तथा भुकम्प पिडीत को लागि राहत दिनु हुने सम्पूर्ण महानुभाव हरुलाई  बेर्न नेपाली समाज को तर्फ़बाट धन्यवाद प्रकट गरेको छ।

बिसेष गरि राहत संकलनको लागि दुइ दिने ” Fund – Raise Camping Bern  ” कार्यक्रम मा प्रतक्ष्य रुपमा सहभागी भै सहयोग गर्नु हुने साथीहरु
राजकुमार शर्मा
जंगम खड्का
कृष्ण बस्नेत
ठाकूर प्रसाद अधिकारी
लक्ष्यामन गुरुङ
वीर बहादुर
जगन ठकुरी
फणिन्द्र पन्त
सुनिता सुबेदी /पन्त
स्विस नागरिक Heidi
दक्षिणा थापा
लाई बेर्न समाजको तर्फबाट बिसेष धन्यवाद दिएको छ।

Previous articleएमाले नेता नेपाललाई पितृशोक
Next articleचिनियाँ सहायक विदेशमन्त्री भोलि आउँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here