०७ वैशाख २०८१

एनआरएनए स्विट्जरल्याण्डको बार्षिक साधारण सभा बासेलमा सम्पन्न (भिडियो)

0

०५ डिसेम्बर २०१६, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघ,  स्विटजरल्याण्डको बार्षिक साधारण सभा २७ नोभेम्बर २०१६ आईतबारको दिन महामहिम राजदूत दीपक धितालको प्रमुख आतिथ्य र संघका अध्यक्ष हिराबल गुरूङ को अध्यक्षतामा बासेलमा सम्पन्न भयो। उक्त साधारण सभामा एनआरएनए, स्विट्जरल्याण्डका आइ. सि. सि. सदस्य डा. विनय श्रेष्ठ, प्रमुख सल्लाहकार पितम गुरुङ र संस्थापक अध्यक्ष तथा प्रवासी मंच स्विट्जरल्याण्डका वर्तमान अध्यक्ष संजय मुडवरीहरु लाई आसन ग्रहण गराईएको थियो भने स्विट्जरल्याण्ड स्थित संघ-संस्थाहरुका प्रतिनिधिहरु लाई बसेको स्थानमानै आसन ग्रहण गराईएको थियो।

कार्यक्रममा संघका उपाध्यक्ष सिमा गौतम, अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन। प्रमुख अतिथि राजदूत दीपक धिताल, आईसीसी सदस्य डा. विनय श्रेष्ठ, प्रमुख सल्लाहकार पितम गुरूङ, संस्थापक अध्यक्ष संजय मुडवरी र अध्यक्ष हिराबल गुरुङहरुले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।

संघका कोषाध्यक्ष शुक्र श्रेष्ठ २ हप्ता देखि बिमारी भएर हस्पिटल बस्नु परेकोले उक्त दिन संघको बार्षिक साधारण सभामा उपस्थित हुन नसकेको र बार्षिक आर्थिक विवरण पेस गर्न नसकेको कारणले क्षेमा याचन गर्दै आर्थिक विवरण सफा रहेको र कार्यसमितिबाट आर्थिक विवरण पास गरी ईच्छुक सदस्यहरु लाई ई-मेल मार्फत जानकारी गराउन सक्ने भनि श्रेष्ठले रेकर्ड गरी पठाएको मन्तव्य संघका महासचिव भूमी गुरुङले उपस्थित सबैलाई सुनाएका थिए। कोषाध्यक्ष श्रेष्ठ बिमारी भएर उक्त दिन उपस्थित हुन नसके पछि खर्च विवरण मात्रै र २०१५-२०१६ को बार्षिक प्रगति प्रतिवेदन विवरणहरु अध्यक्ष गुरुङले प्रस्तुत गरेका थिए।

कार्यक्रममा नव नियुक्त नेपाल पर्यटन बोर्डका दूत कमल भट्टले आफ्नो बिचार व्यक्त गरेको थिए।

कार्यक्रमको अन्त्यमा भुकम्प पिडीत अभियानले उठाएको रकम एनआरएनएको १००० घर अभियानलाई सहयोग गरेकोले सहयोगको सम्मान गर्दै आईसीसी सदस्य डा. विनय श्रेष्ठले भुकम्प पिडीत अभियानका संयोजक पितम गुरुङ, प्रमोद भट्ट र शुभा एल्मर लामा लाई खादा लगाई सम्मान गरेका थिए। उक्त कार्यक्रमको संचालन संघका महासचिव भूमीराज गुरुङले गरेका थिए।

Share.

Leave A Reply