१६ चैत २०८०

पानी अभियानले म्याराथुनको रुप लिनेछ

0

थोपा थोपा जिन्दगीमा घैला भर्नु छ ।
सुकीजोडी अभियानमा थैला भर्नु छ । ।
जीवन पानी हो, पानीले  नै जीवनलाई जीवित राखेको हुन्छ! सायद जीवनको अन्तिम घुट्को पनि पानी हो ।  धेरै कविहरुले पानीको महिमा नलेखेका होइनन् तर आज अझै पनि संसार कै दोस्रो जलस्रोतको धनि देश, जहाँ संसारकै अग्ला हिमशिखर  छन् जहाँबाट बगेका पानि गङ्गा मा पुग्छ्न् र पनि त्यहिदेशमा पिउने पानीकै अभाब  छ  दानहरुमा ठूलो दान जल दान, हो यहि जलादान अभियानमा हुनु हुन्छ एक पानी यात्राी  मित्रलाल  पार्दे , परिवार र  सानो तीन वर्षको बच्चाको साथमा  युरोपको बसाइ भएर पनि आफ्नो गाउँ र समाजको लागि र आफ्नो ४ बर्षमा पर्न  आउने २९ फेब्रुवरी जन्मदिनको अवसर पारेर  सुरु गर्नुभएको दाङको  लक्ष्मीपुर गाविस सुनपुरमा चलिरहेको   करोड पानी अभियान हरखेतमा कुलो हर घरमा पिउने पानी ले आज बिदेशमा मात्र होइन स्वदेशमा पनि सहयोगी हातहरु लम्किरहेका छन् सहयोगी मनहरु चम्किरहेका छन्  ।  शुरुवातमा एउटा गाउँमा एक जनाको पहलबाट सोचिएको अभियानको नारा कुनै सांघुरो घेराभित्र नभएर विश्व समुदायकै  सर्वमान्य हुने कुरामा कसैको दुईमत नहोला । उनको यो निस्वार्थ यथार्थ नाराले  आज देश बिदेशमा हरेकलाई झस्काइरहेको छ ।

केहीमहिना अघिदेखि नितान्त सामाजिक संजाल फेसबुक मार्फत शुरु  भएको पानी अभियानले अन्तत अभियानको स्वरुप लिसकेको छ । शुरु भैसकेपछि  अन्त्य पनि अवश्य हुन्छ । यस अभियानमा आज सम्म झन्डै ७ लाख नेपालको  चल्ती खाता नम्बर सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती 02700106204173000001 Swift code “NEBLNPKA” Nepal Bank Limited Dang मा जम्मा भैसकेको छ भने विभिन्न व्यक्तिगत पर्ब अबसर पारेर कबुल गरिएको रकम झन्डै २० लाख पुगेको जानकारी पानी अभियानकर्ता मित्रलाल पार्देले गराइरहनु भएको छ ।  पानी  अभियान करोडको नै किन नहोस सुकी जम्मागरेर पूर्ण संकल्प सहित अघिबढिसकिएको छ ।  पहिलो चरणको कार्यतालिका अन्तरगत उपभोक्ता समूह गठन, त्यसलाई कानूनी मान्यता प्राप्त भएको छ भने  पानीका स्थलगत  सम्भाव्य अध्ययन, नजिक भेटिएका र  भेटिन सकिने पानीका मुहान स्रोत सम्बन्धि अध्ययन यावत कुराहरु पहिल्याउदै स्थानीयहरु अगाडि बढ्दै जानेछन् भन्ने मैले विश्वास लिएको छु । त्यसो त  स्थानिय  रूपमा देखिएको जनचासो ले अझ यस अभियानलाई उर्जा प्रदान गरेको छ ।  इतिहास दोहोरिएलान् या नदोहोरिएलान्   तर यो  अभियान अवश्य  दोहोरिने छ । एउटा गाउँ मात्र होइन दुनियाँभर यो अभियान जाग्नेछ ।  सुकिलामुकिलाहरुको सरकारले पनि एकदिन अबस्य चासो दिने छ या अनिवार्यता देखिने छ ।  कुनै महल र कुनै मनोरन्जनका लागि गरिएको अभियान नभएकोले अब छिट्टै नै पूर्ण व्याबहारिक रूपले यो अभियानका कूटा र गैंची चल्नेछन् ।

हरेक सरकार राजधानीमै हराउछन् ।  झट्केलो राजनीतिका विशिस्टले  एउटा खटिरा उपचारको लागि ५० लाख कुम्ल्याउछन्   यहाँ  सरकार बाँड्छ तर देशको जनता पानी नपाएर ब्याकुल छन् ।  इनार खनिन्नन् कुलो खनिन्नन्  र पनि जिल्लाका बिकास  बजेट झ्वाम भै रहेकै छन्।

पानी  अभियन्ता एक हुन सक्नुहुन्छ  पार्दे जी तर अभियानको नारा युगौ युग जीवन्त रहने नारा छ । हामी हरेक प्राणीको साझा नारा छ । यो नारा “हरेक घरमा धारो ,हरेक गाउँमा सिंचाइ । ” हर नेपालीको नारा होस्   सबको साझा होस् ।  नारा कर्म गरेर पुरा हुन्छ भने अभियानको  निचोड पाइएको छ ।  आशा होइन बिश्वाश गरौँ संकल्प गरौँ र हरेक बुझ्ने मनहरुमा मेरो व्यक्तिगत अनुरोध छ कि यो पवित्र नारालाई व्यवास्ता  नगरौं किन कि यो जत्तिको पवित्र कर्म अर्को हुने छैन  र साथै आज नै यो कुरा अबगत गराउछु कि हाम्रो प्यारो छोरो ( म बाबा श्रीभक्त तथा आमा कल्पना पौडेल आचार्य )  श्रीजन पौडेल को ८ औं जन्मदिन आगामी जनवरी ८ को शुभ अबसरमा १५० युरो यस अभियानमा सहयोग गर्नेछु ।

यो पानी अभियान एक मोडल हुनेछ । समाज रुपान्तरण रगत बगाएर होइन पानी बगाएर हुनेछ भन्ने सन्देश दिनेछ ।  भोलि बिदेशिएका हरेक नेपालीको मनमा खुलदुली पनि ल्याउनेछ । अन्य विदेशिहरुको ,मनमा पनि अभियानले प्रभाव पार्नेछ । आज एउटा गाउँ होला भोलि पुरै दुनियाँ भरी पवित्र अभियान हाम्रो पानी अभियान  बन्नेछ ।   हामी आज ताते ताते गरौँ भोलि अभियानले म्याराथुनको रुप लिनेछ  ।

भक्त पौडेल, पश्चिम रामपुर भरतपुर १८ चितवन, हाल स्पेन

Share.

Leave A Reply