१३ वैशाख २०८१

एनआरएनए, स्विट्जरल्याण्डको वार्षिक साधरण सभामा हार्दिक निमन्त्रणा

0

२३ नोभेम्बर २०१६, स्विट्जरल्याण्ड । गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको वार्षिक साधारण सभा २७ नोभेम्बर २०१६, बासेल शहरमा हुने भएको छ । उक्त सभामा स्विट्जरल्याण्ड स्थित संघ-संस्थाका प्रतिनीधिहरुका साथै स्विट्जरल्याण्ड बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई संघले हार्दिक निमन्त्रणा गरेको छ । स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम राजदूत दीपक धितालको प्रमुख अतिथि र गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठको बिशेष अतिथिका रुपमा कार्यक्रममा उपस्थिति रहने जानकारी संघले दिएको छ।

Gartenstrasse 16, 4153 Reinach BL मा बिहानको १०:३० बजे शुरु हुने उक्त्त कार्यक्रमको प्रवेश शूल्क २० स्विस फ्रैंक (नेपाली खाना र सफ्ट ड्रिक्स) रहेको छ । संघले जुरीख, बेर्न र जेनेभामा आफ्नो वार्षिक साधरण सभा आयोजना गर्दै आएको थियो । बासेल शहरमा संघले पहिलो पटक आफ्नो वार्षिक साधरण सभा आयोजना गर्न लागेको हो।

Share.

Leave A Reply