१३ वैशाख २०८१

शहरी विकास मन्त्री केसीसँग अमेरिकाको बोस्टनबासी नेपालीले बृहत अन्तरक्रिया गर्ने

0

२२ अक्टोबर, २०१६, अमेरिका। नेपाली काँग्रेसका प्रभावशाली नेता एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसी र अमेरिकाको बोस्टनबासी नेपालीहरू बीच तिहारको पूर्वसन्ध्यामा बृहत अन्र्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ । काँग्रेसका केन्द्रीय सदस्य, स्पष्ट वक्ता एवं सहृदयी स्वभावका धनी मन्त्री अर्जुननरसिंह केसीसँग यही अक्टोबर २३ तारिखका दिन अमेरिकामा बृहत अन्तरक्रिया हुन लागेको हो ।  नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति न्यू ईंग्याल्याण्ड च्याप्टर बोस्टनको आयोजना गर्न लागिएको कार्यक्रममा अमेरिकामा रहेका नेपालीहरुको समस्या, नेपालको संविधानलगायतका विषयहरु उठान गरिने बताइएको छ ।
सो कार्यक्रममा सहभागी भै दिपावलीको शुभकामना आदान प्रदान गर्न, नेपालको संविधान, पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा जिज्ञासा राख्न तथा जानकारी लिन आयोजकसमितिका तर्फबाट च्याप्टरका सभापति ध्रुव घिमिरेले बोस्टर्न र आसपासका अन्य राज्यका नेपालीहरुमा विशेष अनुरोध गर्नुभएको छ ।
यही अक्टोबर १७ देखि २० तारिखसम्म इक्वेडरको क्वेटोमा हुने बसोबास तथा दिगो सहरी विकाससम्बन्धी तेस्रो राष्ट्रसंघीय विश्व सम्मेलन सहभागि हुन सरकारी टोलीको प्रतिनिधित्व गर्दै केसी क्वेटो पुग्नुभएको थियो ।
कार्यक्रमपश्चात् मन्त्री केसी ल्याटिन अमेरिकी मुलुक इक्वेटरबाट
पारिवारिक भेटघाटका लागि अमेरिका जान लाग्नुभएको हो । अमेरिकाको छोटो बसाईका क्रममा उहाँले बोस्टनका नेपाली हरू संग अन्र्तक्रिया तथा अन्य विषयमा छलफल गर्न लाग्नुभएको बताइएको छ । 

कार्यक्रम यसप्रकार रहेको छ :
Date: October 23, 2016 (Sunday)
Time: 6.00 PM to 9.00 PM
Address: Himalayan Heritage Nepali Cultural Academy 167 Bow Street, Everett MA

Share.

Leave A Reply