०७ वैशाख २०८१

नारी समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न

0

२२ अक्टोबर२०१६, खेमराज रानाभाट, पोर्चुगल। नेपाली नारी समाज पोर्चुगलले हिजो १६ अक्टोबरका दिन प्रथम अधिवेशन सम्पन्न गरी सीता बरालको नेतृत्वमा नयाँ समिति चयन गरेको छ। लिस्वोनका लागि नेपाली कन्सुलर मकर बहादुर हमालको प्रमुख आतिथ्यता तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य रमेश कुमार गुरुङको विशेष आतिथ्यतामा लिस्वोनको कल्चर हाउसमा सम्पन्न उक्त अधिवेशनमा पोर्चुगलस्थित सबै जसो संघसंस्थाहरुको प्रतिनिधि र उल्लेख्य रुपमा नेपालीहरुको उपस्थिती रहेको थियो।

हिजो सम्पन्न अधिवेशनबाट उपाध्यक्षद्वयमा कला राई र निर्मला खराल, महासचिवमा मनु मल्ल रानाभाट, सचिवद्धयमा मीना खरेल र विन्दु लामा, कोषाध्यक्षमा सरु भण्डारी सापकोटा, सहकोषाध्यक्षमा निर्मला किराँती राई र सदस्यहरुमा जया गौतम ज्ञवाली, जमुना परियार, गीता राना, माया घले, सरिता न्यौपाने, सरु सापकोटा, सुम्निमा ढकाल, सरला तिमिल्सिना लगायत सम्पुर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएका थिए । साथै एक उपाध्यक्ष अल्गार्भ क्षेत्रबाट रहने गरि पछि कार्यसमितिले मनोनित गर्ने सहमतिमा नयाँ समिति चयन भएको जानकारी  नवनिर्वाचित अध्यक्ष बरालले गराइन।

पोर्चुगलमा करिब तीस नेपाली संघसंस्थाहरु रहेकोमा नारी समाज पोर्चुगलले महिलाहरुको हक-अधिकार र महिला सशक्तिकरणको बारेमा सशक्त रुपमा आवाज उठाउने संस्थाको रुपमा आफ्नो छवि कायम गरेको छ। २३ जुन २०१४ मा स्थापना भएको यो नारी समाजले गएको दुई वर्षमा नारीहरुलाई सीपमुलक तालिम दिनेदेखि लिएर पोर्चुगलभित्र नेपालीहरु बीच घटेका बहुविवाह, नारी माथि भएका शोषण, उत्पीडन र लैंगिक विभेदको विरुद्ध जोडदार रुपमा आवाज उठाउँदै आएको छ । साथै नवनिर्वाचित यो कार्यसमिति भोलीका दिनमा महिला हक अधिकार र महिला माथि हुने अन्याय अत्याचारको बारेमा साथै समाजमा घट्ने अन्य विषयमा के कसरी अगाडी बढ्छ पोर्चुगलवासी नेपालीले धेरै चासोका साथ हेरेका छन ।

Share.

Leave A Reply