११ वैशाख २०८१

यसरी मनाए दशैं स्विट्जरल्याण्डवासी नेपालीहरुले (भिडियो)

0

२१ अक्टोबर २०१६, स्विट्जरल्याण्ड। यस बर्षको दशैं स्विट्जरल्याण्डबासी नेपालीहरुले जुरीख कान्टोनको उस्टर शहरमा दशैंको टिका, जमरा र मनोरञ्जनात्मक सांगितिक कार्यक्रमका साथ धुमधामका साथ मनाए। कार्यक्रममा प्रख्यात नेपाली गायिका नलिना चित्रकार र स्विटजरल्याण्डका चर्चित गायक सुभाष सुन्दासले मनोरञ्जनात्मक सांगितिक कोशेलीहरु प्रस्तुत गरे। साथै ईनास जर्मनीका अध्यक्ष एवं गायक सन्तोष गुरूङले गिटारको साथमा मिठो संगीत पस्किएका थिए। त्यसैगरी स्विटजरल्याण्डकी परिचित नृत्यङगना गौरी गुभाजुले नृत्य र स्विटजरल्याण्डका गायकहरु झिल्के दाई (स्वीस नागरिक) र सुदिप फ्राउवनफेल्डरले सुमधुर गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा स्विटजरल्याण्ड बसोबास गर्ने पहिलो नेपाली बिन्दु स्टाईनमान र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डकी महिला संयोजक सोभा एल्मर लामाले उपस्थित सबैलाई दशैंको टिका र जमरा लागाई दिएका थिए।

14642232_1232775606794882_6605320493316102555_n 14724481_1232775700128206_6435005425334973392_n image-0-02-05-8ec8c7a4016536300448e9901f2f7ba5f24c78ee6d3b135e99bdccde0794ba98-v image-0-02-05-51cb53bc46e0746adb0fa4d8a862e5b8d6a0b61ea527ba12d9472d8d1e50366a-v image-0-02-05-134f20a36553cd4067b325b9b6625a61874a6dd2facb27f4c433aaff17282e9a-v image-0-02-05-64324dd932f9e5cf66521c4a26292e52e4e66175339755244cdb3cc6a42eb93c-v

जुरीख निबासी लोकेन राना र दावा तमाङको संयुक्त्त आयोजनामा सम्पन्न उक्त्त कार्यक्रममा सहभागीहरु मन खोलेर कलाकारहरुको लाईभ संगीतमा धिट मर्ने गरी नाचे। कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधि एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो। गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका प्रमुख सल्लाहकार पितम गुरूङ, अध्यक्ष हिराबल गुरुङ, नेपाली जन-सम्पर्क समिति स्विटजरल्याण्का अध्यक्ष रामकुमार महत्तो, ईनास स्विटजरल्याण्डका उपाध्यक्ष तेम्पा गुरुङ, गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटी, महिला संयोजक शुभ लामा एलमर लगायत अन्य ब्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रह्यो।

14632820_10153988053157335_7679257449602498089_n

14642343_10153988053282335_1777316549495291510_n 14718683_10153988073862335_459735379176632713_n 14695418_1232777916794651_2506425414760214549_n 14650630_10153988074942335_5704190359876227365_n

आयोजकहरुले स्वादिष्ठ रात्री भोज तयार गर्ने टिम लगाएत आ-आफ्नो ठाउँबाट कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सहयोगीहरु लाई धन्यबाद ज्ञापन गरेका थिए। उक्त्त कार्यक्रममा नेपालका चर्चित गायकहरु अभिनाष घिसिङ, कमल खत्री र भरत सिटौलाले सांगितिक कार्यक्रम प्रस्तुत गर्ने सामाचार प्रकाशित भएको भएपनि भिषा नमिलेको कारणले सो दिन कार्यक्रममा ति कलाकारहरु उपस्थिति हुन नसकेकोमा छोटो समयमा उक्त्त जानकारी आएको जानकारी गराउँदै आयोजकले त्यसबाट सृजित असुविधाका लागि क्षमायाचना गरेका थिए।

14731151_10153988059342335_1318931040764576443_n 14641946_1232776906794752_8757250257839714185_n image-0-02-05-25b10fad140f3691a49b0a5c099f3ae56e16ca92aed79a62bc7017dfebee6117-v

14610992_1232777636794679_2560529535448059632_n 14650320_1232777853461324_5738316771550158236_n image-0-02-05-deb98874ad407fdff3398129cd47acc6502363786a2aa1643bcd8dfc102bce7b-v

Share.

Leave A Reply