०८ वैशाख २०८१

दलाई लामाको स्विटजरल्याण्ड भ्रमण, उच्च आन्तरिक मानविय मान्यता कायम राख्न जोड

0

१५ अक्टोबर २०१६, स्विटजरल्याण्ड । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो चार दिने स्विटजरल्याण्ड भ्रमणकोआज १५ अक्टोबर २०१६ मा जुरीखको ग्रोस मुन्सटरमा आयोजित एक कार्यक्रमसंगै समापन गरेका छन् । १४ अक्टोबरमा उनको जुरीखको हल्लन स्टेडियममा कार्यक्रम रहेको थियो । ग्रोस मुन्सटरको सभा कक्षमा आयोजित कार्यक्रममा हजार भन्दा बढि तिब्बती एवं स्वीस नागरिकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जुरीख क्षेत्रका स्वीस सामाजिक एवं राजनीतिक व्यक्तित्वहरुको पनि सहभागिता रह्यो । जुरीख कान्टोनका सरकार प्रमुख मारियो फेहर र जुरीख नगरपालिकाकी मेयर कोरिन माउख कार्यक्रममा उपस्थित थिए । स्विटजरल्याण्डमा उनका हजारौं प्रसंशकहरु रहेको बताईन्छ ।

14696970_10154644952749640_1195372307_n

विभिन्न धर्मका प्रतिनिधिहरु सहित उनले कार्यक्रममा विश्व शान्तिका लागि प्रार्थना गरे । आफ्ना प्रशंसक एवं अनुयायीहरुलाई प्रवचन दिने क्रममा उनले बाह्य रुपमा मात्र होईन, उच्च आन्तरीक मानविय मुल्य र मान्यता कायम राख्नु पर्नेमा जोड दिए । हास्दै ८१ बर्षिय दलाई लामाले थपे, “आन्तरिक मुल्य र मान्यता उच्च रहे बाह्य कुरो पनि राम्रो हुने छ” । उनको स्विटजरल्याण्ड भ्रमणको पहिलो दुई दिन उनले स्विटजरल्याण्डको राजधानीमा कार्यक्रमका बीच बिताए । बेर्नमा उनले यूरोपले विश्व शान्तिको पक्षमा गरेको कार्यको प्रसंशा गर्दै रसियासंगको विवाद न्युनिकरण गरी रसियालाई यूरोपमा ईन्टिग्रेट गराउनु पर्ने बताएका थिए । स्विटजरल्याण्ड भ्रमणको समापन पश्चात उनले स्लोभाकाई, चेख रिपब्लिक र ईटालीको भ्रमण गर्ने बताईएको छ ।

फोटोः दोर्जे

14696970_10154644953374640_750596340_n 14686671_10154644952059640_394594429_n

Share.

Leave A Reply