११ वैशाख २०८१

नेजसस जर्मनीमा नयाँ नेतृत्व, शिखर खड्का सभापति

0

१५ अक्टोबर २०१६, स्विटजरल्याण्ड । अक्टोबर १० तारीख २०१६ मा जर्मनीको बर्लिनमा आयोजित नेपाली जन-सम्पर्क समिति जर्मनीको भेलाले शिखर खडकालाई समितिको सभापतिमा चयन गरेको छ । खड्का यूरोपको प्रबासी नेपाली समाजका एक परिचित समाजसेवी एवं ब्यक्तित्व हुन् । नेपाली जन-सम्पर्क समिति जर्मनीको सन २०१५ मा सम्पन्न तेस्रो अधिबेशनमा सभापति पदका दुई दाबेदारहरु विजय मोक्त्तान र शिखर खड्का बीच नेतृत्व आलोपालो गरी लिने सहमति भएको थियो । त्यसै सहमति अनुसार निवर्तमान अध्यक्ष विजय मोक्त्तानले एक कार्यक्रम बीच खड्कालाई नेतृत्व हस्तानतरण गरे । कार्यक्रममा उनले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जन-सम्पर्क समिति जर्मनीले  दिएको एकताको सन्देशले समितिलाई सबल बनाउने बताए । नवनिर्वाचित अध्यक्ष खड्काले समितिमा सहमति र सहकार्यलाई बढावा दिने बताए ।

Share.

Leave A Reply