१५ चैत २०८०

जनसंपर्क समिति नेदरल्याण्ड्स अधिवेसन तयारी अन्तिम चरणमा

0

शालिक गौतम,नेदरल्याण्ड्स । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको चौथो अधिवेसन आगामी २७ सेप्टेम्बर २०१६ का दिन आमस्ट्राडामको यान फान गाल स्ट्रीटमा मा हुने भएको छ । अधिवेसनलाई संबोधन गर्नका लागि नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. प्रकाश शरण महत र नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे आउने भएका छन् ।

अधिवेसनलाई भव्य र सभ्य रुपमा संपन्न गराउनको अधिवेसनको तयारी अन्तिम चरणमा पुगेको र अधिवेसनमा परराष्ट्रमन्त्री महत २७ सेप्टेम्बर, केन्द्रिय सदस्य पाण्डे २६ सेप्टेम्बरमा आमस्ट्राडाम आइ पुग्ने र विभिन्न देशबाट उल्लेख्य रुपमा अतिथी गणहरुको उपस्थिती रहने अध्यक्ष दिपक रेग्मीले जानकारी दिएका छन् ।

अधिवेसनका लागि युरोप लगायत विश्वमा रहेका सवै जनसंंपर्क समितिहरुलाई स्थित सवै जनसंपर्क समितिहरुलाई आतिथ्यतका लागि निमन्त्रणा भै सकेको र विषेश गरेर युरोप महादेशका जनसंपर्क समितिहरुबाट सहभागिता रहने छ । नेदरल्याण्ड्स स्थित सवै नेपाली संघसंस्था तथा समुदायलाई समेत कार्यक्रममा उपस्थित हुनको लागि पत्रचार गरिएको छ । विषेश गरेर युरोपेली महादेशमा रहेका सवै जनसंपर्क समितिहरु, अग्रजहरु र नेदरल्याण्ड्सका सवै संस्था तथा समुदायलाई उद्घाटन सत्रमा आतिथ्यताका लागि पत्रचार गरिएको र प्राविधिक कारणबाट जानकारी नभएको भए पनि सवैलाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरेको महामन्त्री उत्तम कंडेलले बताए कार्यक्रम कक्ष, अतिथी सत्कारका लगायत अधिवेसनका आवश्यक प्रवन्ध भैसकेको छ । नेपाली जनसंपर्क समिति नेदरल्याण्ड्सको आगामी नेतृत्व सर्वसम्मतीमा चयन हुने र संगठनको वृहत्तर हितका लागि सवै पार्टि पंङ्गि एकढिक्का भएर अगाडि बढ्ने सहमति भएको नेपाली जनसंपर्क समिति चौथो अधिवेसनका लागि निर्वाचन समितिका संयोजक नारायण आर्चायले प्रतिकृया दिएका छन् । तर निर्वाचन समितिले कार्यसमितिको घोषणा भने गरेको छैन ।

Share.

Leave A Reply