०७ वैशाख २०८१

घोराही दाङका सन्तोषले पनि सहयोग गरे पानी अभियानलाई

0

पानी अभियानमा बिदेश बस्ने नेपाली मात्र नभएर स्वदेश बस्ने नेपालीले पनि सहयोग गर्न शुरु गरेका छन् । समग्र दुनियाँको अभियान बिश्व व्यापी रुपमा महा अभियान बन्ने र समग्र परिवेशको बिजय हुने बिश्वास राख्दै पानी अभियानमा घोराही दाङबाट श्री सन्तोष भन्डारीले रु १० हजार अभियानको खातामा हालिदिएका छन् ।
रु १० हजार सहयोग गर्दै उनले भने ” तिर्खाएको गाउँको लागि ओठ भिजाउने पानी होस् । उक्त गाउँमा म त हजारौ पटक हिडेको छु । देख्दै नदेखेकाले सहयोग गरिरहेका छन् भने मेरो त झन छिमेकी गाउँ हो एउटा छिमेकी गाउँको मान्छे भएर टुलु टुलु पानी पिडा हेर्न चाहेन । पानी पिडा मैले प्रत्यक्ष देखेको छु ।बाटोमा हिड्दा पानी माग्न पनि अप्ठ्यारो लाग्थ्यो आज यो महा अभियानमा सहयोग गर्न पाँउदा मलाई धेरै खुशी लागेको छ ।”
आफ्नो छोराको कदम देखेर संतोष भन्डारीका बुवा श्री लुमाकान्त भन्डारीले खुशी व्यक्त गर्नु भएको छ । स्मरण रहोस् श्री सन्तोष भन्डारी पढाइको सिलसिलामा जापान केहि वर्ष बसी नेपाल फर्किएका थिए ।

Share.

Leave A Reply