०७ वैशाख २०८१

प्रथम अन्तर्राष्ट्रिय युवा सम्मलेनको तयारी तिब्र

0

१७ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । राष्ट्रिय युवा परिषदको आयोजना र गैर-आवासीय नेपाली संघको सह-आयोजनामा आगामी अक्टोबर १ देखि ४ सम्म काठमाडौमा आयोजना हुने प्रथम अन्तर्राष्ट्रिय युवा सम्मलेनको तयारी तिब्र गतिमा अघि बढि रहेको छ । “युवाहरुमा सामाजिक उद्दमशिलताको विकाश, सामाजिक उद्दमशिलता नै देश निर्माणको आधार” भन्ने नाराका साथ आयोजना हुने उक्त्त अन्तर्राष्ट्रिय युवा सम्मलेनमा विभिन्न देशबाट सहभागी विद्धार्थि, युवा, युवाविज्ञ, वैज्ञानिक, विशेषज्ञ, गैर-आवासीय नेपाली संघका प्रतिनिधिहरु बीच विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मलेनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

शर्माका अनुसार सम्मेलनमा डा. अरुणा उप्रेति (स्वास्थ र सामाजिक सुरक्षा), डा. युवराज खतिवडा (युवा विप्रेषण र लगानी), डा. बिद्यानाथ कोईराला (गुणस्तरिय र ब्यवसायिक शिक्षा), डा. लाम्बोदर न्यौपाने (रोजगारी, उद्धयमशिलता र सीप विकास), योगेन्द्र शाही (युवा सहभागिता, परिचालन र नेतृत्व विकास) लगायतका विज्ञहरुले सम्मेलनमा कार्यपत्रहरु प्रस्तुत गर्ने छन्। नेपाली युवाहरुका विद्ध्यमान समस्या, चुनौति, संभावना र अवसरहरुको खोजिमा सहजिकरण गर्दै राष्ट्रिय युवा विकास रणनीति तयार गर्नका लागि आवश्यक पुर्वाधार एवं मार्गनिर्देश तयार गर्ने सम्मेलनको उदेश्य रहेको छ ।

Share.

Leave A Reply