१५ चैत २०८०

पानी अभियानकर्ता मित्र लाल पार्देको अनुरोध “हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाई होस्”

0

Mitralal pardayमित्रलाल पार्दे। हाम्रो देश विश्व मै जलश्रोतको धनी देश हो । तर पनि पानीको लागि घण्टौं-घण्टा हिडेर एक घैंटोपानी लिनु पर्ने बाध्यता नेपाली गाउँहरुमा बिद्धयमान छ ।  त्यसैले हामीले सोच्नु पर्ने भएको छ । आरम्भमा सोच मेरो थियो होला, तर पानी अभियान आज हाम्रो अभियान भएको छ । यो अभियान सबैको अभियान बनेको छ । हामिले नसोचे कसले सोंच्ने ।हामिले नगरे कसले गर्ने । आज सयौं नेपाली गाउँहरु पानीको अभावको पिडाले छट्पटाइरहेका छन् ।सयौं बस्तीहरु सुक्खा छन् । सधैं फलानोले गरेन भनेर गाली गर्नु सट्टा हामी आफैं अग्रसर हुनु पर्ने समय आएको छ । पानी अभियान शुरु भएको केहि महिनामै झन्डै १३ लाख स्वस्फूर्त घोषणा भैसकेको छ ।  अभियानको खातामा सहयोग जाने क्रम पनि जारी छ ।   देश र समाजलाई माया गर्ने  तपाईंहरुको साथ पाएर नै पानी अभियान अगाडिबढिरहेको छ।

तपाईंहरुमाझ हामी‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिचाइ होस्’नारा लिएर आएका छौं । अभियानको शुरुवाती गाउँ लक्ष्मीपुर दाङ सुनपुरमा करोड पानी अभियान शुरु गरिसकेका छौं । सुनपुरपानीले असाध्य पिडित गाउँ हो। एक क्षण हामी कल्पना गरौं त पानी विनाको जीवन कस्तो हुन्छ ? पानी विनाको गाउँ कस्तो हुन्छ?पानी छ र त हाम्रो जीवन छ,अनि हाम्रो प्राण छ।सधैं व्यक्ति व्यक्ति भनेर पनि हुँदैन, प्रकृति पनि भनौं।

शुरुमा एक्लै, त्यो पनि बिदेशी भूमिबाट पानी अभियान शुरुवात गर्दा पक्कै पनि सजिलो थिएन । दैनिक१३ घन्टा काम गरेर ७००० किलोमीटर टाढाको गाउँको लागि घर-घरमा धारोको सोच लिएर अगाडि बढेको यो पानी यात्रीलाई तपाईंहरुको साथको जरुरत छ । करोड  जुटिसकेपछी काम शुरु हुनेछ । जसका लागि श्री प्रेम केसीको अध्यक्षतामा सुनपुर खानेपानी तथा सरसफाई उपभोक्त्ता समिति गठन पनि गरिएको छ  ।

जसरी बिदेश आएर कसैको सानो घर बनाउने सोच्नु हुन्छ ।कसैको कसरी परिवार सुखी राख्ने भन्ने सोच्नु हुन्छ ।  त्यसैगरी मैले कसरी तिर्खाएको सुनपुर गाउँको प्यास मेट्ने भनेर सोंचिरहेको छु  । म यो प्रतिज्ञा गर्दछु कि पानी अभियानको शुरुवाती गाउँमा हरेक घरमा धारो नहुँदा सम्म म गाउँ जाने छैन । गाउँ पिडा हेर्न होइन, गाउँ सुखी भएको हेर्न जाने हो । बिदेशीमा दु:ख गरी गरी बाँच्नको लागि संघर्ष गरिरहेको व्यक्तिको सोच हो।यो पबित्र अभियानमा सरकार, बुद्धिजीवी, कलाकार,  सामाजिक संघ-संस्था, राजनीतिक दल सबैलाई  साथ दिन म हार्दिक अनुरोध गर्दछु ।

स्वस्फूर्त सहयोग जुटोस् ।  स्वस्फूर्त आत्मा जागोस् । जसले जे जानेको छ, जे सक्छ त्यो सहयोग होस्। जय पानी अभियान ।

सहयोगका लागि :
सुनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति

नेपाल बैंक लिमिटेड, दाङ, घोराही शाखा

खाता नं. 02700106204173000001  SWIFT CODE “NEBLNPKA”

Share.

Leave A Reply