१५ चैत २०८०

प्राण त्याग्नु अघि हृलयविदारक विवाह समारोह, ५ वर्षीया मेरीको बिहे गर्ने इच्छा यसरी पूरा भयो

0

मानिसको इच्छाहरु असिमित हुन्छन् । अस्वभाविक मृत्युवरण गर्नेहरुका थुप्रै चाहना तथा इच्छाहरु त्यत्तिकै रहन सक्छन्।

अमेरिकाको एक परिवारले भने सिष्टिक फाइब्रोसिस र पुरानो निमोनियाका कारण मृत्युको मुखमा पुगेकी आफ्नी ५ बर्षीया छोरीको बिहे गर्ने इच्छा पूरा गरिदिएका छन्।

परिवारका अनुसार ५ बर्षीया मेरी मास्सेले सदैव आफ्ना बेष्टफ्रेण्ड दामिनसँग बिहे गर्ने सपना देखेकी थिइन् । प्राण धातक रोगका कारण लामो समयसम्म अस्पतालमा थलिएकी मेरी २ बर्षको हुँदादेखि दामिनसँग बिहेको सपना देख्न थालेकी थिइन्।

त्यसैले जब अमेरिकाको टेक्सासस्थित कुक चिल्ड्रेन अस्पतालका डाक्टरले उनको अवस्था अत्यन्त नाजुक रहेको र बाँच्ने संभावना न्यून रहेको बताए, त्यसपछि उनका परिवारले छोरीको सपना पूरा गरिदिने निर्णय लिए।

सोही अनुरुप गत बिहीबार साँझ अस्पतालको बेड मै दुई नबालिगको बिहे सम्पन्न गरियो । मेरी र दामिनले एक अर्कालाई मिक्की र मिनी माउस रिङ लगाइदिए र आपसमा अंकमाल गरे।

वैवाहिक समारोहमा मेरी खैरो रंगको पि्रन्सेस ड्रेस लगाएकी थिइन् भने दामिनले शुट लगाएका थिए।

बिहेपछि यो जोडी उनीहरुको मनपर्ने कार्टुन जोडी मिक्की र मिनी माउसको चित्र कोरिएको केक खाए र खुवै मनोरञ्जन गरे।

दामिनकी आमा र मेरीकी धर्मआमा टोन्या रेयेज डिकर्सनका अनुसार आफ्नो लामो समयदेखिको सपना पूरा भएको ६ घण्टा नबित्दै शुक्रबार बिहन मेरीले आफ्नी आमाको काखमा कुनै पीडा र दुःखबिना मृत्युवरण गरिन्।

-अनलाईनखबर

Share.

Leave A Reply