१५ चैत २०८०

नेजसस स्विटजरल्याण्डको भलिबल प्रतियोगितामा आरगाउ समुह विजयि (फोटो फिचर)

0

११ सेप्टम्बर २०१६, स्विटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति, स्विटजरल्याण्डले आयोजना गरेको पाँचौं रनिङ शिल्ड भलिबल प्रतियोगिता २०१६ मा आरगाउको समुह विजयि भएको छ । आरगाउको समुहले नेपाल पर्यटनका लागि सुरक्षित छ समुहलाई पराजित गरी प्रथम पुरस्कार, पदक र कप प्राप्त गर्न सफल भएको हो । विजयी समुहका टोली नेता गुणराज शर्माले खेलाडिहरु संग संयुक्त्त रुपमा कप ग्रहण गरे । १० सेप्टम्बर २०१६ मा जुरीखको बुखेगप्लाजमा संचालित प्रतियोगितामा लिग चरणबाट ति दुई समुहहरु फाईनलमा प्रबेश गरेका थिए । प्रतियोगितामा आरगाउ समुह, नेपाल पर्यटनका लागि सुरक्षित छ समुह, जुरीख नेपाल स्पोर्टस् क्लब र सारगान्स समुह गरी चार समुहहरुको सहभागिता थियो।

14285404_10157359030335375_668015392_o

नेपाली जनसम्पर्क समिति, स्विटजरल्याण्डले नियमित भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगिताको पुरस्कार वितरण सत्रमा कार्यक्रमका प्रमुख अतिथि माधवराज आचार्य र समितिका अध्यक्ष रामकुमार महतोले प्रथम र दोस्रो हुने समुहहरुलाई नगद पुरस्कार, पदक, कप र प्रमाण पत्र वितरण गरे । उक्त्त सत्रमा प्रमुख अतिथि आचार्यले भने, “नेपाल र स्विटजरल्याण्डको राजनीति भलिबल खेल जस्तो भई दिएको भए कति राम्रो हुने थियो । हार्ने र जित्नेलेएक अर्कालाई बधाई र शान्त्वना दिने” । समाज र राजनीति सद्भावमा चल्न सके राम्रो हुने, तर सद्भावमा चल्न नसके पछि नियममा चल्नुपर्नेमा उनले संकेत गरे । साथै उनले प्रतियोगितामा सर्वपक्षिय एवं उल्लेख्य सहभागिता रहेकोमा सन्तोष ब्यक्त्त गर्दै जनसम्पर्क समिति स्विटजरल्याण्डले भलिबल प्रतियोगिताको माध्यमबाट एक सर्वपक्षिय मञ्च स्थापित गरेको चर्चा गर्दै अन्य राजनीतिक भातृ संगठनहरु लाई पनि यस प्रकृतिका कार्यक्रमहरु गर्न सल्लाह दिए । नेपाली जनसम्पर्क समितिका अध्यक्ष रामकुमार महतो र प्रतियोगिता संयोजक टेम्बा गुरूङले सहभागि खेलाडिहरू र उपस्थित सबैमा घन्यबाद ज्ञापन गरे । पुरस्कार वितरण सत्रको संचालन समितिका महामन्त्री तिलक थापाले गरेका थिए । कार्यक्रममा सहभागीहरुका लागि नेपाली खाजा र जलपानको ब्यवस्था गरिएको थियो।

14247575_10157359026080375_1941891349_o

विजयी आरगाउ समुहका खेलाडिहरुको नामावलि:   

गुणराज शर्मा (टोली नेता), विनोद क्षेत्री, हिरालाल श्रेष्ठ, भुमिराज गुरूङ, तिलक थापा, बिरू गुरूङ, बिष्णु गुरुङ, हरि रेग्मी

दोस्रो हुने समुह (नेपाल पर्यटनका लागि सुरक्षित छ) का खेलाडीहरुको नामवलि:

आङ तेन्जिङ शेर्पा (टोली नेता), निराजन श्रेष्ठ, गेल्जेन शर्पा, विदुर संग्रौला, राम परियार, दिर्ग श्रीस मगर, हेमन्त के.सी., विशाल पुन

जुरीख नेपाल स्पोर्टस् क्लबका खेलाडिहरुको नामावलि:

काजि शेर्पा (टोली नेता), लोकेन राना, अर्जुन बस्ताकोटि, मणिराम अधिकारी, सुरज विश्वकर्मा, राकेश श्रेष्ठ, दिपु गौतम, (यस समुहका एक खेलाडिको नाम हाम्रो जानकारीमा छुटन गएकोमा क्षमाप्राथी छौं।)

सारगान्स समुहका खेलाडिहरुको नामावलि:

टेम्बा गुरुङ (टोली नेता), ग्याट्सो गुरूङ, साँगबो गुरूङ, पाल्देन गुरूङ, सोनाम गुरूङ, लोबसान गुरूङ, पासाङ गुरुङ

14273421_10157359030855375_98252802_o 14315883_10157359028675375_1320789042_o 14284998_10157361368375375_1318618742_o 14329408_10157361368400375_1136786568_o 14329252_10157361368930375_824231682_o 14316007_10157361368760375_867601294_o 14315923_10157361368905375_1664422432_o14315734_10157361368915375_1569776099_o 14315708_10157361368555375_1042287838_o 14303832_10157361368960375_700452892_o 14274443_10157359028150375_1071406216_o 14274565_10157359030235375_359007903_o 14285024_10157361368770375_605440589_o 14285087_10157359030260375_791970654_o 14303802_10157359022415375_777840355_o 14303770_10157361368610375_600849420_o

फोटोः देवराज अधिकारी

Share.

Leave A Reply