१३ वैशाख २०८१

क्योकुसिन बुदोकाई कराते संघको अध्यक्षमा लोहनी निर्वाचित

0

budokai-karate
शुक्रबार राजधानीमा सम्पन्न नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

20160909_113840
नव निर्वाचित कार्य समितिका अन्य पदाधिकारीहरुमा दिनेश कुमार कार्की र राज श्रेष्ठ उपाध्यक्ष, राजेन्द्र सुवेदी महासचिव, रुद्र ढुंगेल सचिव तथा धन बहादुर तामाड. कोषाध्यक्ष रहेका छन् भने सदस्यमा मिन बहादुर गुरुंग, कृष्णराज गिरी, लक्ष्मण कुँवर, डेनिल डंगोल र अज्गर खाँ निर्वाचित भएका छन् । त्यसैगरी नव निर्वाचित कार्य समितिले अर्का एक उपाध्यक्षमा दीपक बहादुर गोदारलाई मनोनित गर्यो भने सल्लाहकारमा दामोदर नेपाललाई चयन गरेको छ ।

20160909_113504
शुक्रबार सम्पन्न संघको विशेष साधारणसभाको उद्घाटन नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगत प्रसाद गौचनले गरेका थिए ।

Share.

Leave A Reply