१६ चैत २०८०

स्विटजरल्याण्डमा एनआरएनएको संगीतमय तिज कार्यक्रम सम्पन्न

0

२८ अगष्ट २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघको आयोजनामा २७ अगष्ट २०१६ मा स्विटजरल्याण्डको नोयनहोफमा तिज विशेष कार्यक्रम भब्यरुपमा सम्पन्न भयो। विगतका बर्षहरुमा गैर-आवासीय नेपाली संघकि भूतपूर्व उपाध्यक्ष विजया भट्टद्वारा आयोजना गरिंदै आएको तिज कार्यक्रम यस बर्षदेखि गैर-आवासीय नेपाली संघले आयोजना गर्ने भएको छ। गैर-आवासीय नेपाली संघका वर्तमान उपाध्यक्ष सीमा गौतमको संयोजकत्वमा आयोजित उक्त्त कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न शहरका महिला तथा पुरुषहरु र विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अधिकांश महिलाहरु नेपाली पोशाक र रातो साडिमा सृङगारिएर आएका थिए। तिज भाद्र शुक्ल तृतीयाका दिन नारीहरुले आफ्नो सौभाग्यका लागि शिव र पार्वतिको उपासना गर्ने पर्व हो।

14188314_1176062802453160_5712086432808928391_o

कार्यक्रममा संघका अध्यक्ष हिराबल गुरुङले तिजको अवसरमा शुभकामना मन्तब्य ब्यक्त्त गर्दै तीज कार्यक्रम गैर-आवासीय नेपाली संघलाई आयोजना गर्न दिएकोमा विजया भट्ट र प्रमोद भट्टलाई खादा लगाई दिएर घन्यवाद ज्ञापन गरेका थिए।सीमा गौतमद्वारा उद्घोषित कार्यक्रममामहिला संयोजक शुभ लामा-एलमरले स्वागत भाषण गरेकि थिईन। त्यसैगरी विजया भट्टले कार्यक्रममा आफ्नो विचार राखिन्।

14124258_1176062969119810_588826382600107733_o 13975345_1176058625786911_3087050616740705670_o Seema

कार्यक्रममा ईटालीबासी नेपाली गायिका शकुन्तला थापाले तिज र लोक भाखाका गीतहरु प्रस्तुगरी सहभागीहरुलाई नचाईन्। कार्यक्रम मनोरन्जनात्मक र संगीतमय रहेको थियो। सहभागीहरुका लागि कार्यक्रममा संघका सचिव फणिन्द्र पन्तको नेतृत्वमा पुरूषहरुको एक समुहले  जलपान, नेपाली खाजा र खानाको तयारी गरेको थियो।

14124946_1176072205785553_2753146424399070417_o14107915_1176071682452272_5118702071020746645_o

Share.

Leave A Reply