०४ वैशाख २०८१

देउडामय बन्यो यूएईको जाबेल पार्क

0

मान बहादुर के.सी. ‘मुस्कान’ यूएई। “एकमुश्ट स्वागत गर्या हात जोणी सबैलाई, सम्पूर्णको कल्यान गरुन गौरा देबी माई “ भन्ने देउडा गीत गाएर शुरु गरिएको सुदूरपश्चिम सेवा समाज यूएईको ‘गौरा पर्ब २०१६’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
 यूएईको दुबई स्थित रमणिय हरियाली चौर भएको जाबेल पार्कमा २६ अगस्त २०१६ शुक्रबार दिन संस्थाका अध्यक्ष शिवराज जैशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
देउडा गायक तथा संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले बिच बिचमा देउडा गीत सुनाउदै संचालन गरेको सो कार्यक्रममा देउडा लेखक तथा संस्थाका सल्लाहकार लक्ष्मण अधिकारीले देउडा गीतका टुक्काहरु सुनाउदै उपस्थित अथिती तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य दिदै सुदूरपश्चिममा मनाउने गौरा पर्बको बारेमा प्रस्ट पार्दै गौरा देबीले सबैको चाहेको पुरा गरुन् सबैको घरमा खुशीयाली छाई रहोस् भन्ने भावना प्रकट गर्दै यसरी सम्पूर्ण सुदूरपश्चिम बाशीहरु सँगै नेपालीहरु एकै ठाउँ जम्मा भएर गौरा पर्ब मनाउनु पाउदा सार्है खुशी भएको जिज्ञासा राख्दै समाज सेवाका काम प्रति सुदूरपश्चिम सेवा समाज यूएईले पुर्याएको योगदानको प्रशंसा गर्दै रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुका समस्यामा र देशमा हुने आपत्ति बिपत्तीहरुमा सधैं सहयोग गर्दै रहने छ भन्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
चारै तिर ठुला ठुला बिल्डिङ त्यसैको बिचमा रमणिय हरियाली चौर भएको प्राय शुक्रबारमा मान्छेको बाक्लो भिडभाड रहने जाबेल पार्कमा २६ अगस्त २०१६ शुक्रबारका दिन यूएईमा नभएर सुदूर पश्चिम कै कुनै एक गाउ-ठाउमा भएको जस्तो आभाश हुन्थ्यो ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको ‘गौरा पर्ब २०१६’ कार्यक्रममा घमाशान देउडा दोहोरीमा लक्ष्मण अधिकारी, मान बहादुर के.सी. ‘मुस्कान’, मिन बहादुर सबखोली, दीपा नेपाली, टिकेस्वरी भण्डारी बोगटी, सम्झना महरा, शारदा शाह, दीपा मल्ल लगायत सम्पूर्ण देउडाप्रेमीहरु लस्करै लागेर हातको साङ्लो बनाएर देउडाखेलमा दर्शकहरु सँग पैतल मिलाउदै खुशी भएर झुमेका देखेर त्यहा उपस्थित धेरैले यूएईमा होईन सुदूरपश्चिम कै कुनै एक गाउमा देउडा खेलेको महशुश गरेका थिए ।
सात समुन्द्र पारी प्रबाशमा कामको ब्यस्तता र अगस्त महिनाको टन्टलापुर गर्मिमा पनि कार्यक्रमको माहोल देखेर लाग्थ्यो त्यहा गर्मीले कसैलाई अशर नै गरी रहेको थिएन, गौरा पर्बको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा निकै उत्साहित हुँदै उपस्थित सम्पूर्ण नेपालीहरु बिरुडाको प्रशाद ग्रहण गर्दै अन्य कार्यक्रमहरु भन्दा बेग्लै खालको अनुभब लिदै खुशी भएर देउडामा पैतल मिलाउदै रमाउदै थिए, भने कोहि देउडाखेलमा पैतल मिलाएको देखेर मनोरन्जन लिदै झुम्दै आ-आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउनुमा नै मक्ख थिए ।
 सुदूरपश्चिम बासी तथा नेपालीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष शिवराज जैशीले सुदूरपश्चिम सेवा समाज यूएईले सम्पूर्ण नेपालीहरुको मन जित्न सफल भएको उल्लेख गर्दै आउँदा दिनमा पनि यहाँका सबै संघ-संस्था र समाजसेवी, बुद्दिजिबी, पत्रकारहरुको साथ पाई रहने आशा राख्दै उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई र कार्यक्रममा सहभागि भई दिनु भएका सम्पूर्ण उपस्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्नुका साथै गौरा पर्बको शुभकामना दिदै कार्यक्रम समापन घोषणा गर्दै देउडा खेलको शुरुवात गराउनु भएको थियो ।

देउडा गीत गाएर दिनको ठीक २ बजे शुरु भएको गौरा पर्ब २०१६ कार्यक्रम देउडा खेल्दा खेल्दै साँझ ६ बजे समापन भएको थियो ।

1 9

Share.

Leave A Reply